परासी । राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन बिस्तार तिब्रा गर्दै गएको छ ।
सोही अनुरुप सुनवल नगरपालिका वडा नं ७ मा पनि रास्वपाको वडा भेला सम्पन्न भएको छ ।
शनिबार सम्पन्न भेलाले सुमन पाण्डेको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेको छ। जसको उपाध्यक्षमा सागर ढकाल सचिवमा शर्मिला गोर्खालि सर्वसम्मत चयन भएका छन्।
त्यसैगरि सदस्यहरुमा शिब पौडेल, खुम बहादुर ठाडा, पवन न्यौपाने, शंकर चौलागाइ, देवराज कंवर, मुना कुमारी पुन, चयन भएका छन्।
पुरानो दललाई पटक पटक बिश्वास गरेपनि जनताको हित र भरोसा अनुरुप काम नभएको बताउदै अन्तिम विकल्पको रुपमा जनताले राष्ट्रिय स्वतन्त्र पार्टी रोजेको अध्यक्ष सुमन पाण्डेले बताएका छ्न्।
सुनवल नगर उपसंयोजक सोभा ढकालको अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला संयोजक मदन पौडेल(राज)लुम्बिनी प्रदेश सदस्य युवराज ढकाल,रामग्राम नगर संयोजक रवि पाण्डेय,सुनवल नगर सदस्य लगायतको उपस्थिति रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology