Logo

२०८३, कार्तिक २८गते


images
images

'लोकतन्त्र र सङ्घीयताको लाभ आमनागरिकले नपाउँदा वितृष्णा'

'लोकतन्त्र र सङ्घीयताको लाभ आमनागरिकले नपाउँदा वितृष्णा'

images
  • सेतोमसी सहकर्मी
  • 'लोकतन्त्र र सङ्घीयताको लाभ आमनागरिकले नपाउँदा वितृष्णा'
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । चितवन लोकतन्त्र र सङ्घीयताको फल आमनागरिकले पाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन ।

    images
    images
    images


    फ्रेडरिक इबर्ट स्टिफ्टुङ (एफइएस) नेपाल च्याप्टरले आइतबार चितवनको भरतपुरमा आयोजना गरेको ‘लोकतन्त्र संवाद तथा नागरिक शिक्षा’ विषयक अन्तर्क्रियामा संविधानविद् काशीराज दाहालले यस्तो औँल्याएका हुन।

    images
    images
    images

    ‘संविधान, सङ्घीयता र सुशासन : कार्यान्वयनको स्थिति’ विषयक कार्यपत्र प्रस्तुत गर्दै संविधानलाई गतिशील बनाएर लोकतन्त्रको लाभ जनताले पाउने अवस्था सिर्जना हुनुपर्छ । लोकतन्त्रको लाभ आमजनताले नपाएकाले वितृष्णा सिर्जना भएको छ ।” संविधानविद् दाहालले भ्रष्टाचारको रोकथाम र नियन्त्रण गरी सुशासन प्रदान गर्ने कार्यमा राज्यका निकाय सबभन्दा बढी सक्रिय र क्रियाशील हुनुपर्ने धारणा व्यक्त भयो 

    images
    images

    संविधानमा भएका व्यवस्था कार्यान्वयनमा ढिलाइ गर्न नहुने, आम नागरिकको जीवनस्तर उठ्ने गरी छिटोछरितो रूपमा कार्यान्वयन गरिनुपर्ने उनको कार्यपत्रमा उल्लेख छ । संविधानमा तीन तहको सरकारको व्यवस्था गरिएको भए पनि नागरिक तहमा यस विषयमा सचेतना कमी भएको चर्चा गर्दै उनले स्थानीय तह सेवा प्रवाहमा बढी केन्द्रित हुनुपर्ने तथा प्रदेशले सङ्घ र स्थानीय तहबीच समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने संवैधानिक व्यवस्था भएको औँल्याउर्दे।

    कार्यक्रममा नेपाल टेलिभिजनका उपमहानिर्देशक आरती चटौतले लोकतन्त्रका लागि सामाजिक न्यायको विषयमा कार्यपत्र प्रस्तुत भएको थियो । उनको कार्यपत्रमा पनि लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाउन सामाजिक न्यायको भूमिका महत्वपूर्ण हुने उल्लेख छ । सामाजिक न्याय र आर्थिक समानता स्वतन्त्रता उन्मुख राजनीति र समानता उन्मुख आर्थिक सिद्धान्तबाट मात्र प्राप्त हुन सक्ने उनको कार्यपत्रको निचोड छ ।

    सोही कार्यक्रममा अभिवक्ता रोशन पोखरेलले प्रजातन्त्र, प्राचीन आधुनिक र भविष्यमा भन्ने विषयगत छलफलका लागि एक कार्यपत्र प्रस्तुत गर्दे। उनले कार्यपत्रमा परम्परालाई आधुनिकतामा परिणत गरी उच्चतम प्रतिफल प्राप्त गर्न आवश्यक रहेको औँल्याइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लोकतन्त्र र सङ्घीयता
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।