देवदह । देवदह नगरपालिकाका प्रमुख धुर्व खरेलले महिलालाई आत्मनिर्भर बनाउन नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताएका छ्न्।
उप प्रमुख संग महिला कार्यक्रम अन्तर्गत आधारभूत तालिम सहितको दुई महिने सिलाई कटाई तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख खरेलले सो कुरा बताएका हुन। उनले वडाका महिला संग प्रत्यक्ष रुपमा अन्तरक्रिया गरि उनीहरुले चाहेको सीपमूलक तालिम नगरपालिकाले संचालन गरिरहेको बताउदै तालिमपछि सिपलाइ उत्पादनसंग जोड्ने आग्रह गरेका छ्न्।
सोही कार्यक्रममा बोल्दै सिलाई कटाई तालिमले महिलाहरुलाई आयआर्जन को साथै आत्मनिर्भर बन्न सहज हुने लक्ष्य राखीएको देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले जानकारी दिइन्। सिप सिकेर त्यसको सदुपयोग गर्न सके स्वरोजगार बन्न सहज हुने उप प्रमुख गुरुङको भनाई थियो।
तालिममा सहभागी भएर उत्कृष्ट सीप सिकेका वडा नम्बर ३ र ४ का ६ जना महिलालाई नि:शुल्क सिलाई मेसिन समेत उपलब्ध गराइएको छ। वडा नम्बर ३ बाट सगुन क्षेत्री, सविता विक, खेमकला न्यौपाने र वडा नम्बर ४ बाट पार्वती थापा थारु, भवानी सिग्देल र कमला चौधरीले हाते मेसिन उपहारस्वरूप पाएका हुन ।
समापन कार्यक्रममा वडा नम्बर ३ का वडा वडा अध्यक्ष यज्ञ अर्याल र ४ का वडा अध्यक्ष दमननाथ रेग्मीले मन्तव्य व्यक्त गर्दै महिलाहरूलाई आर्थिक रुपमा सबल हुन शुभकामना दिएका थीए । देवदह नगरपालिकाको उप प्रमुख सङ्ग महिला कार्यक्रम अन्तर्गत सिलाई कटाई तालिम, जुत्ता चप्पल बनाउने तालिम, गुडिया बनाउने तालिम लगायत विभिन्न तालिम संचालन भैरहेका छन् ।
जुत्ता चप्पल बनाउने तालिम लिएका देवदह -७ का महिलाले १५ जनाको समूह बनाई सामुहिक रुपमा जुत्ता चप्पल उत्पादन गरि बिक्री समेत गर्दै आएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology