Logo

२०८३, कार्तिक २८गते


images
images

फलाँटे स्यालपाौखरी फल्लेखर्क सडक निर्धारित अवधिमै जनतालाई हस्तान्तरण गरिने

फलाँटे स्यालपाौखरी फल्लेखर्क सडक निर्धारित अवधिमै जनतालाई हस्तान्तरण गरिने

images
  • सेतोमसी सहकर्मी
  • फलाँटे स्यालपाौखरी फल्लेखर्क सडक निर्धारित अवधिमै जनतालाई हस्तान्तरण गरिने
    images

    कृष्ण अन्जान, थाेर्गा । फलाँटे स्यालपाेखरी फल्लेखर्क सडक निर्धारित समयमा सकिने गरि काम जारी रहेकाे छ ।
    कटिँग ,स्टक्च्रर तयार भईसकेकाे छ भने नाला बनाउने काम तिब्रताका साथ भईरहेकाे प्राेलाएन कन्ट्रक्सनका सुपर वाईजर हरिशरण पौडेलले  बताए ।

    images
    images
    images


    रुरुक्षेत्र गाउँपालिका वडा न ३ काे फलाँटे बाट स्यालपाेखरी जाेड्ने माेटरबाटाेकाे कुरा गर्दा केही मान्छेहरुले नाक खुम्च्याउँछन तर यहि सडक अब छिट्टै कालाेपत्रे हुने निश्चित भएकाे छ । समय आउँछ विकासले गति लिन्छ, यहि भएकाे छ याे सडकमा । 

    images
    images
    images

    ट्र्याक खाेलिएकाे करिब २६ वर्ष पछि याे सडकले अब केही महिनामा पुर्णता पाउने भएकाे छ । बिक्रम सम्वत २०५४ सालमा थाेर्गाका नेता स्वर्गीय चतुर्भुज ज्ञवालीकाे पहलमा तत्कालीन राष्ट्रिय सभा सदस्य सिद्धिनाथ ज्ञवालीकाे सँसद विकास काेषकाे चालिस हजार रकमबाट याे सडककाे ट्र्याक खाेलिएकाे सम्झना गर्छन रुरुक्षेत्र ३ स्यालपाेखरीका यज्ञमुर्ति ज्ञवाली । त्यसपछि याे सडकप्रति कुनै राजनीतिक नेताकाे आँखा परेन । तर विभिन्न तहमा रहेका कर्मचारीहरुले याे सडक बिर्सेनन ।

    images
    images

    उनै चतुर्भुज ज्ञवालीका छाेरा प्रकाश ज्ञवाली र कैलाश ज्ञवालीकाे पहलमा जिल्ला विकास समितिका ईन्जिनियर मेघराज ज्ञवालीकाे पहलमा २ लाख, स्थानीय रामचन्द्र ज्ञवाली र कृष्ण ज्ञवालीकाे पहलमा नेपाल सरकारका तत्कालीन  सचिव कृष्ण ज्ञवालीकाे पहलमा २ लाखले सडकलाई केही चौडा बनाउने काम भयाे र साेहि अबधिमा याे क्षेत्रका कर्मविर र  विकास प्रेमी कर्मचारी नवराज पन्थीले तीन वर्षे याेजनाका लागि २४ लाख बजेट बिनियाेजन गरिदिए पनि ८ लाखकाे मात्र काम भयाे र अरुकाम अगाडि बढेन ।

     

    पहुँच नहुँदा उपेक्षित बनेकाे याे सडकले २६ वर्ष पछि अर्थमन्त्रालयमा कार्यरत उनै नवराज पन्थीले गाउँलाई बिर्सेनन र तीन कराेड पचास लाख बजेट बिनियाेजन गरेसँगै स्ताराेन्नतिकाे काम जाेड ताेडले भईरहेका छन ।

     

    तानसेन रिडी तम्घास माेटरबाटाेबाट तल्लो थाेर्गा छिर्ने सबैभन्दा सजिलो लाईफलाईनकाे रुपमा रहेकाे याे सडकले राजमार्ग सँग रुरुक्षेत्र ३ काे ठाँटि, स्यालपाेखरी, फल्लेखर्क गौतमटाेल, जामने, फेक्लदि, चाउके, माझगाउँ, डेउलडाँडा खाेरबारी पाेखरा, रुरुक्षेत्र १ च्यूरेककाे जाउनपाटा, पैरा, नेटाई पाेखरी ठुलापाेखरा, ठाडाबाटा सम्मकाे क्षेत्रलाई प्रत्यक्ष लाभ दिने कुरामा दुईमत छैन । 

    हामीले गुणस्तरीय सडक जनतालाई निर्धारित समयमा हस्तान्तरण गर्ने छौँ आईसा एण्ड आरती कन्ट्रक्सनका प्राेपाईटर उत्तम क्षत्रीले प्रतिबद्धता व्यक्त गरे ।

     गुणस्तरीयतामा कुनै खाेट लाउन नपर्ने गरि सडककाे रेखदेखलाई प्राथमिकता राखेको प्राेलाएन कन्ट्रक्सनका सुपरवाईजर हरिशरण पौडेलले भने ।

    त्यसाे त याे सडक निर्माण कार्य शुरु भइसकेपछि नागरिक अनुगमन अत्यधिक छ।  स्थानीय  जन प्रतिनिधी,  पत्रकारहरुकाे प्रत्यक्ष अनुगमन दैनिक हुने गरेकाे छ । हाम्राे अनुगमन दवाव सिर्जना गर्न केन्द्रित छैन मात्र हामीलाई हाम्रो क्षेत्रमा बन्ने सडक दिर्घकाल सम्म टिक्ने बनाेस भन्ने हाे रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडासदस्य घनस्याम ज्ञवालीले भने । 

    याे सडक यस्तो बस्तिबाट अगाडि बढ्छ जहाँ दलित र आदिवासी जनजातिहरुकाे चिरतुम ,ठाँटी भन्ने बाक्लो बस्ति छ । विकासकाे मुलधारबाट पछि परेका याे क्षेत्रका आम नागरिकका लागि याे सडकले दुरगामी प्रभाव पार्छ र बसाइँसराइ लाई राेक्न मद्धत गर्दछ ।

    फलाँटे स्यालपाेखरी सडक बन्न थालेपछि वास्तवमै तल्लो क्षेत्रका थाेर्गेलीहरुकाे खुशिले हाड हाँसेकाे छ, सँगै यतिबेला याे सडकलाई स्यालपाेखरी ल्याउन पहल गर्ने स्वर्गीय चतुर्भुज ज्ञवालीकाे सपना साकार भएकाे छ भने सडकमा ऐथेष्ट बजेट हालेर गाउँलाई नविर्सेकाे मा राष्ट्रसेवक कर्मचारी नवराज पन्थी प्रति सिँगाे गाउँले कृतज्ञता व्यक्त गरेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।