Logo

२०८३, कार्तिक २८गते


images
images

आज मदन आश्रित स्मृति दिवसः ‘बुलेटबाट होइन, ब्यालेटबाट सत्ता कब्जा’ भन्ने नेताको सम्झना गर्ने दिन

आज मदन आश्रित स्मृति दिवसः ‘बुलेटबाट होइन, ब्यालेटबाट सत्ता कब्जा’ भन्ने नेताको सम्झना गर्ने दिन

images
  • आज मदन आश्रित स्मृति दिवसः ‘बुलेटबाट होइन, ब्यालेटबाट सत्ता कब्जा’ भन्ने नेताको सम्झना गर्ने दिन
    images

    काठमाडौं ।  आज मदन आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी तथा संगठन बिभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन ।

    images
    images
    images

    २०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जीप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशैभरी ‘मदन–आश्रित स्मृति दिवस’को मनाईदैछ ।

    images
    images
    images

    अबको शताब्दीमा ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ बाट सत्ता कब्जा गर्नुपर्छ भन्ने नयाँ कम्युनिष्ट मान्यता स्थापित गराउने नेतालाई सम्झना गर्ने दिनको रुपमा पनि आजको दिनलाई लिईन्छ ।

    images
    images

    मुख्यतः नेकपा एमाले पार्टीको केन्द्रिय कार्यालय र माताहातका कमिटीसहित तीनका भातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी मदन–आश्रितको सम्झनामा बिभिन्न कार्यक्रम गरी दिवगंत नेताहरुको सम्झना गरिन्छ ।

    ‘बन्दुकको नालवाट मात्रै सत्ता कब्जा हुन्छ’ भन्ने पराम्परागत कम्युनिष्ट मान्यतालाई चिर्दै ‘जनताको मतद्धारा नै सत्ता कब्जा हुन्छ’ भन्ने मान्यताका साथ ‘जनताको बहुदलीय जनबाद’ (जबज) सिद्धान्तका प्रतिपादक नेताको रुपमा मदन भण्डारीलाई कम्युनिष्ट आन्दोलनको इतिहासमा सम्झिन्छ ।

    सो सिद्धान्त प्रतिवादन गरे पछि भण्डारीलाई पुजिँवादी मुलुकका अमेरिकन मिडियाहरुले जिवित ‘कार्ल माक्र्स’भनेर संसारभर चिनाउने प्रयास गरेका थिए । उनको सिद्धान्त पछि विश्वभरीका कम्युनिष्टहरु ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ वाट श्रमजीवि बर्गको सत्ता स्थापनाका लागि लाग्नु पर्छ भनेर प्रेरित हुन पुगेको राजनीतिक बिश्लेषकहरुले भन्दै आएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।