Logo

२०८३, कार्तिक २८गते


images
images

पोखरा-काठमाडौं सवारी भाडादर अब ६१६ रुपैयाँ, अन्यत्र कति ?

पोखरा-काठमाडौं सवारी भाडादर अब ६१६ रुपैयाँ, अन्यत्र कति ?

images
  • पोखरा-काठमाडौं सवारी भाडादर अब ६१६ रुपैयाँ, अन्यत्र कति ?
    images

    राजेश  पराजुली, पोखरा । पोखरा सरकारले लामो दुरीको सवारी भाडा घटाएको छ । नेपाल आयल निगमले डिजेलको मूल्य घटाएपछि स्वचालित प्रणालीबाट मूल्य समायोजन भएको हो । डिजेलको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाइएको थियो । डिजेलको मूल्य घटेसँगै यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशतले घटेको छ । 

    images
    images
    images

    यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४ दशमलव १९ प्रतिशतले भाडा घटेको छ । तराईको बाटामा सञ्चालन हुने मालवाहक सवारीको भने ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको छ । इन्धनको मूल्यमा पाँच प्रतिशत घटीबढी हुनासाथ भाडा समायोजन गरिन्छ । 

    images
    images
    images

    यस्तै, अन्तर प्रदेशको भाडा संघीय सरकारले र अन्तरपालिकाको भाडादर भने प्रदेश सरकारले तय गर्छ ।

    images
    images

    नयाँ भाडादर अनुसार पोखरा-काठमाडौंको सवारी भाडा २० रुपैयाँ घटेको छ । यसअघि ६३६ रुपैयाँ रहेकोमा नयाँ भाडादर ६१६ रुपैयाँ तोकिएको छ । यस्तै, पोखराबाट कृष्णनगरसम्म ८४८ रहेकोमा घटेर ८२१ रुपैयाँ कायम भएको छ । 

    नयाँ भाडादर अनुसार पोखरा-गौर ८८३ रुपैयाँ, पोखरा-जनकपुर एक हजार १५ रुपैयाँ, पोखरा-धरान १४ सय ४४ रुपैयाँ, पोखरा-नारायणगढ ३८४ रुपैयाँ, पोखरा-भैरहवा ७६२ रुपैयाँ, पोखरा-महेन्द्रनगर १९ सय ९३ रुपैयाँ तोकिएको छ । 

    यसैगरी पोखराबाट सुर्खेत १६ सय ४७, धनगढी १८ सय ४३, सुनौली ६४९, मलंगवा ८९८, दाङ तुलसीपुर एक हजार ३७, बुटवल ५७५, कोठियाघाट १४ सय ६४, लुम्विनीसम्म ७११, नेपालगञ्ज १२ सय ९०, काँकडभिट्टाबाट पोखरा आउँदा १५ सय ५९, रुपैयाँ नयाँ भाडादर तोकिएको छ । 

    यता, म्याग्दीको बेनीबाट काठमाडौंसम्मको सवारी भाडा ९४१ रुपैयाँ, बागलुङबाट काँकडभिट्टा १८ सय २२, बागलुङबाट कोठियाघाट १७ सय २३, काठमाडौं-गोरखा ४४१, वेशीशहर ५८३, वालिङ ८४१, काठमाडौं-बागलुङ ८७४, काठमाडौं-स्याङ्जा ७३४ रुपैयाँ भाडादर तोकिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।