Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा अत्याधुनिक मेसिनबाट धान रोपाई, एकदिनमा ५ बिगाहा जग्गामा रोपाई गर्न सकिने

देवदहमा अत्याधुनिक मेसिनबाट धान रोपाई, एकदिनमा ५ बिगाहा जग्गामा रोपाई गर्न सकिने

images
  • देवदहमा अत्याधुनिक मेसिनबाट धान रोपाई, एकदिनमा ५ बिगाहा जग्गामा रोपाई गर्न सकिने
    images
    images

    राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदहमा अत्याधुनिक मेसिनबाट धान रोपिई गरिएको छ । नगरपालिकाको वडा नं ३ मा एक कार्यक्रमका विच देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्री, उपप्रमुख  विद्यालक्ष्मी गुरुङ र स्थानीय बासिन्दाको उपस्तिथिमा अत्याधुनिक मेसिनबाट धान रोप्न सुरु गरिएको हो ।

    images
    images
    images

     

    images
    images
    images

    अत्याधुनिक मेसिनबाट रोपाई सुरू गर्दै नगरप्रमुख हिराबहादुर खत्रीले कृषि पेशालाई अत्याधुनिक र व्यवसायीक बनाउन नगरपालिकाले आवश्यक तालीम र अनुदान उपलब्ध गराउने बताए । कृषिमा औद्योगिकरण गर्न अत्याधुनिक मेसिनको प्रयोग अनिवार्य भएको र त्यस प्रकारका मेसीनको प्रयोगमा नगरपालिकाले अनुदानको समेत व्यवस्था गर्ने उनले बताए ।

    images
    images
    images

     

    त्यसैगरी, आधुनिक मेसिन किन्न धेरै पूंजी चाहिने  र नेपाली माटो सुहाउदो मेसिन पाउन पनि गार्हो पर्ने बताउँदै उन्नति एग्रो फार्मका संचालक भेषराज पाण्डले आफुले प्रयोगमा ल्याएको अहिलेको मेसिनले रोप्दा बिउँको जरा नभाचिने, बिउँहरु बिचको दुरि कायम रहने र परम्परागत रोपाइ भन्दा राम्रो र एकै नासले रोपाई हुने बताए ।

     

    उक्त मेसिनले परम्परागत खेतीको तुलनामा दुई गुणा बढी उत्पादन गर्न मिल्ने मेसिनलाई ६ लाख २० हजार पर्ने बताउँदै मन्मित श्री ट्रेडिङका आधिकारिक बिक्रेता उदयकुमार सिंहले उक्त मेसिनले १ घन्टामा १० कट्ठा र १ दिनमा न्युनतम ५ बिगा जमिनमाधान रोप्न सक्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।