Logo

२०८३, आश्विन ९गते


images
images

'वेलकम टु हेम्जाकोट' ट्रेलर सार्वजनिक: ‘कमेडी शैलीमा समाजको वास्तविक चित्र’

'वेलकम टु हेम्जाकोट' ट्रेलर सार्वजनिक: ‘कमेडी शैलीमा समाजको वास्तविक चित्र’

images
  • 'वेलकम टु हेम्जाकोट' ट्रेलर सार्वजनिक: ‘कमेडी शैलीमा समाजको वास्तविक चित्र’
    images
    images

    काठमाडौं ।  समसामयिक कथामा कमेडी शैली मिश्रण गरेर प्रस्तुत गरिएको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक गरिएको छ । डिजिटल पार्टनर ओएसआर डिजिटल मार्फत सार्वजनिक ट्रेलरले यो चलचित्र वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातिय प्रेममा आउने उताबचडाब लगायतका विषयवस्तुमा आधारित रहेको महशुस गर्न सकिन्छ ।

    images
    images
    images

    क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी जेठ–२६ मा देशव्यापी प्रदर्शन हुँदैछ । नेपालबाहेक जापान, अस्ट्रेलिया, अमेरिका र युरोपका केहि शहरमा पनि प्रदर्शन हुँदैछ । 

    images
    images
    images

    केहि दिन अघि मात्रै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेर नयाँ प्रदर्शन मिति घोषणा गरेको थियो । गएको तिहारमा सार्वजनिक हुने भनिएको यो चलचित्र प्राविधिक कारण पोस्टपोण्ड भएको थियो ।

    images
    images
    images

    आज सार्वजनिक ट्रेलरलाई शाहिल खानले निर्माण गरेका हुन् । तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको यस चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन छ भने बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामा, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । 

    यो चलचित्र केहि समय अघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय पिफ्ल्म पफ्स्टेिवलमा उत्कृष्ट नेपाली चलचित्रको अवार्ड जितेको थियो, त्यहाँ उपस्थित अतिथीले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । त्यस्तै, यसअघि सार्वजनिक चलचित्रका कन्टेन्ट आइटम डान्स ‘मायाको रेडियो’, तिहार सम्बन्धित गीत ‘सेलको बासना चलेको’ लगायले दर्शकको ध्यान तानेको थियो । ट्रेलर पनि निकै रमाइलो खालको छ ।

    मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन रहेको चलचित्रका डिओपी दिर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भिर विष्टको संयुत्तफ् करियोग्रापफ्,ी शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको चलचित्रका गीतहरुमा इन्दिरा जोशी,   शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठ लगायतका चर्चित गायकहरुको आवाज सुन्न सकिन्छ । गीतका म्युजिक डिरेक्टर राज सागर हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वेलकम टु हेम्जाकोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।