Logo

२०८३, कार्तिक २८गते


images
images

समानुपातिक र प्रत्यक्षबीचको विभेद अन्त्य गरिनुपर्छ : सांसद पहाडी

समानुपातिक र प्रत्यक्षबीचको विभेद अन्त्य गरिनुपर्छ : सांसद पहाडी

images
  • समानुपातिक र प्रत्यक्षबीचको विभेद अन्त्य गरिनुपर्छ : सांसद पहाडी
    images

    जनकपुरधाम । नेकपा माओवादीका प्रदेश सांसद शारदा दास पहाडीले प्रत्यक्ष र समानुपाति सांसदबीचको विभेद अन्त्य गरिनुपर्ने बताएकी छिन् । शनिबार मधेस प्रदेशको प्रदेशसभाको बैठकमा पहिलो पटक बोल्दै उनले प्रत्यक्ष र समानुपातिक सबै जनताबाट निर्वाचित भएर आउने हुँदा समानुपातिक होस् वा प्रत्यक्ष दुबैबीच विभेद नहुनुपर्ने बताएकी हुन् ।

    images
    images
    images


    दासले प्रत्यक्ष वा समानुपातिक दुवै सांसदबाट जनताले उतिकै अपेक्षा गरेको हुँदा संसदीय विकास कोषको बजेटमा प्रत्यक्ष सांसदलाई ३ करोड र समानुपातिक सांसदलाई १ करोडबीचको फरक पनि अन्तत्य गर्नुपर्ने धारणा राखिन् । ‘हामी जनताबाट जितेर आएको ६ महिनाको अन्तरालमा केही गर्न सकेका छैनौँ,’ उनले भनिन्, ‘हामीले केही गरेको अनुभूति जनताले गर्न सकेका छैनन् ।
     हाम्रो सरकारले के गर्दैछ भन्ने जनगुनासो हाम्रो जनताले गर्दैछन् ।’

    images
    images
    images


    ‘थुप्रै आन्दोलन भएका छन् र थुप्रै परिवर्तन पनि । तर, आन्दोलन र परिवर्तनको मुख्य केन्द्र दलित समुदाय बन्न सकेको छैन,‘ उनले भनिन्, ‘सदियौँदेखिको सामाजिक र आर्थिक अवस्थामा सुधार आउन सकेको छैन । सामाजको सबैभन्दा तल्लो तहमा रहेको दलित समुदायको आर्थिक, सामाजिक, साँस्कृति र राजनितिक अवस्थामा रुपान्तरण जबसम्म हुँदैन तबसम्म समाजमा भएका कुनै पनि परिवर्तनले संस्थागत रुप धारण गर्न सक्दैन।’

    images
    images


    दलितसँग गरिने विभेदहरु अन्त्य गर्न नीति नियम बनाइएको तर पनि विभेद अन्त्य हुनसकेको पहाडीको भनाई छ। उनले मधेसमा १८ प्रतिशत भन्दा बढी दलित समुदायको उपस्थिती भएपनि सदन र सरकारमा न्यायोचित उपस्थिति हुन नसकेको जिकर गरिन् ।उनले शिक्षा, स्वास्थ्य र रोजगारीको विषयलाई मुख्य प्राथमिकता राखेर सरकार अघि बढ्नुपने धारणा राखिन् 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सांसद पहाडी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।