रुपन्देही । देवदह नगरपालिकाकि उपप्रमुख विद्यालक्ष्मी गुरुङले महिलाको स्वास्थ्य नगरको प्राथमिकतामा रहेको बताएकी छ्न्।
देवदह नगरपालिका उपप्रमुख सङ्ग महिला कार्यक्रम अन्तर्गत पाठेघरको मुखको क्यान्सर प्रारम्भिक परिक्षण शिविर उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले सो कुरा बताएकी हुन । उनले भनिन् `नरोगी रहनु नै ठुलो कुरा हो´'रोग पहिचान समयमै गर्न नसके पछी झन् यस्ले ठुलो दुर्घटना निम्ताउने खतरा हुन्छ । नगरपालिका महिलाका निम्ति धेरै कार्यक्रमहरु संचालन गरेको छ अजै अन्य कार्यक्रमहरुपनि ल्याउने योजना रहेको उनले बताइन् ।
गुरुङले नगर भित्रका महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर संचालनमा ल्याइएको बताइन। उनले भिआइए परिक्षण गर्दा पोजेटिभ आयो भन्दैमा नआत्तिन आग्रह गर्दै पाठेघरको मुखको क्यान्सरको उपचार सहज हुने भएकोले नडराइकन परिक्षण गराउन महिलाहरूलाई आग्रह गरेकी छ्न् ।
देवदह नगरपालिका उपप्रमुख सङ्ग महिला कार्यक्रम अन्तर्गत पाठेघरको मुखको क्यान्सर प्रारम्भिक परिक्षण शिविर देवदहमा आज देखि सुरुवात भएको छ। देवदह नगरपालिकाको आयोजनामा नि: शुल्क रुपमा ३ दिन सम्म संचालन हुने महिलाको पाठेघरको मुखको क्यान्सरको प्रारम्भीक परिक्षण शिविर देवदह नगर अस्पतालबाट सुरुवात भएको हो ।
पाठेघरको मुखको क्यान्सर परिक्षण शिविरमा उक्त रोगको विषयमा नेपाल परिवार नियोजन संघ बुटवल शाखा प्रमुख बिष्णु गुरुङले जानकारी गराउदै यस्ता खालका शिविर महिलाका लागि लाभदायक भएको बताए । शिविरका कारण रोगको समयमै पहिचान भई उपचारमा सहज हुने गुरुङको भनाई थियो।
नेपालमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि रोग १ नम्बर र स्तन क्यान्सर दोस्रो नम्बरमा रहेको बताउदै हेल्च्याक्राई नगरी बेलैमा परिक्षण भयो भने उपचार संभव भएको समेत नेपाल परिवार नियोजन संघ बुटवल शाखा प्रमुख गुरुङको भनाई थियो।
३ दिन सम्म चल्ने शिविरको पहिलो दिन १ सय ७२ जनाले भिआइए परिक्षण गराएका छन् ।जेठ ११ गते आधारभूत स्वास्थ्य इकाई चरङ्गे र १२ गते सिक्टहन स्वास्थ्य चौकी ढोलबजवामा परिक्षण शिविर संचालन हुनेछ।
शिविरमा देवदह नगापालिकाका प्रबक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष गणेश डुम्रे, वडा नम्बर ६,९ र १० का का वडा अध्यक्ष क्रमशः खेम बहादुर थापा, मोहन बहादुर जिसि र एक बहादुर सुनार, नगर अस्पतालका डाक्टर, स्वास्थ्य कर्मी, अस्पताल व्यवस्थापन समितीका सदस्य लगायतको उपस्थिति रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology