बुटवल । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र ) का नेता तथा नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका रुपन्देही जिल्ला सचिव इन्द्र राई पित्री शोकमा परेका छ्न ।
सैनामैना ५ बक्सर डाडा निवासी उनका पिता मजबुत राईको ८३ बर्षको उमेरमा निधन भएको हो । स्व . राईको ४ छोरा र श्रीमति छ्न । यसैबीच माओवादी केन्द्र बुटवल नगर समितिले बिहिवार बुटवल देविनगर निवासमा श्रद्वाञ्जली सभा गरेको छ ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य बामदेव क्षेत्रीले मानिस जन्मे पछी मृत्यु निश्चित भएको बताउदै जीवन र जगतमा कति राम्रो काम गरियो भन्ने कुरा महत्त्वपूर्ण रहेको बताए । उनले दिबङत राईप्रती श्रद्वा सुमन व्यक्त गर्दै शोकाकुल परिवारजनमा समबेदना व्यक्त गरे ।
नगर अध्यक्ष महेन्द्र भुसालले संचालन गरेको कार्यक्रममा अर्का केन्द्रिय सदस्य गोबिन्द केसि , केन्द्रिय सल्लाहकार डा. कृष्ण खनाल, जिल्ला अध्यक्ष निर्मल जिसि, प्रदेश समिती सदस्यहरु, जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology