गुल्मी । मोबाइल व्यवसायसँग सम्बन्धित संघ संस्थाहरुको नेतृत्व गर्ने उदेश्यले गुल्मीमा एक कार्यक्रमका बिच मोबाइल व्यवसायी संघ’को तदर्थ समिति गठन गरिएको छ।गुल्मी जिल्लाका विभिन्न क्षेत्रमा क्रियाशील मोबाइल व्यवसायीहरुको भेलाले उक्त समिति गठन गरेको हो।
जसको अध्यक्षमा तिलक मरासिनी,उपध्यक्षमा नित्यानन्द पाण्डे,काेषाध्यक्षमा सुरेश वि क,सचिवमा गणेश पाण्डे ,सह सचिवमा मिना पाण्डे निर्वाचित भएका छन ।यस्तै सदस्यहरुमा पदम जि सी, नारायण आचार्य ,कृष्ण आचार्य , धनेन्द्र खत्री, टेकु वि सी, झविनद्र पाण्डे रहेका छन।
गुल्मीका विभिन्न स्थानमा रहेर मोबाइल व्यवसाय गर्दै आएका व्यवसायीहरुको एकताबद्ध गर्ने उद्देश्यले संघ गठन गरिएको तदर्थ समितिका अध्यक्ष तिलक मरासिनीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology