दाङ। लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनबाट प्रदेशसभाको दोस्रो अधिवेशन १२ जेठ शुक्रबार दिउँसो १ बजे प्रदेशसभा भवनमा बस्नेगरी आह्वान भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।
‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुख अमिक शेरचनबाट लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन सम्वत् २०८० साल जेष्ठ १२ गते शुक्रवार दिनको १ बजे प्रदेशसभा भवन, राप्ती उपत्यका (देउखुरी) मा बस्ने गरी आह्वान भएकोले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम (१) बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सचिव मगरले जारी गरेको सूचनामा उल्लेख छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology