सुनवल। कालिका कृषि सहकारीको दोस्रो साधरण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राधाकृष्ण न्यौपानेको अध्यक्षता सुनवल नगरपालिका वडा नं, ७ का अध्यक्ष नारायण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा शनिबार सिसाहानीमा सम्पन्न भएको हो ।
कार्यक्रममा अध्यक्ष न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थीए। कार्यक्रममा बोल्दै वडा अध्यक्ष आचार्यले कालिका कृषि सहकारीले स्थापना देखी नै उत्कृष्ट काम गरेको बताएका छ्न् । उनले छोटो समयमा समाज र कृषि संग जोडिएर विभिन्न काम सम्पन्न गरेको सहकारीलाई कुनै सहयोग चाहिए वडा र आफू तयार रहेको बताए ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई सहकारीलाई शुभकामना प्रधान गरेका थीए।
उपाध्यक्ष जुना कुवारको स्वागत र सचीव लक्ष्मी पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology