नविन लुइँटेल, देवदह । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सामाजिक मन्त्री सन्तोष कुमार पाण्डेले युवाहरू विदेश पलायन भए देशमा आर्थिक संकट निम्तिन सक्ने बताएका छन् ।
रूपन्देहीको देवदहमा आयोजित देवदहका उद्यमीबीच अन्तरक्रिया तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सो कुरा बताएका हुन् । उनले भने ‘देशमा युवालाई रोजगार छैन, त्यसैले विदेशिने संख्या बढ्दै गइरहेको छ, यसले भविष्यमा देशमा आर्थिक संकट निम्तिन सक्छ । उनले युवा पलायन रोक्ने र यसलाई न्यूनिकरण गर्ने दायित्व राज्यको मात्र नभएर आम नेपाली नागरिकको कर्तव्य समेत भएको बताएका छन् ।
मन्त्री पाण्डेले रूपन्देही क्षेत्रमा उधमी र पर्यटनलाई जोड्नकोलागि देवदह, रामग्रामले स्थानीय तथा बौद्ध सङ सम्बन्धित बस्तु उत्पादन गर्नु पर्ने बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology