काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले ‘अखण्ड भारत’को नक्सामा नेपालका लुम्बिनी र कपिलवस्तुलाई पनि राखेकोमा आपत्ति जनाएका छन् ।
उनले आज सामाजिक सञ्जालमार्फत ‘अखण्ड भारत’मा लुम्बिनी र कपिलवस्तु राख्नुको कारण भारतसँग मागेका छन् । भारतले हालै जारी गरेको विवादास्पद भित्तैचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानीकारक कूटनीतिक विवाद निम्त्याउन सक्ने उनको भनाइ छ । ‘भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर स्पष्ट पार्नु बुद्धिमानी हुन्छ,’ नेपाल र भारतका प्रधानमन्त्रीलाई मेन्सन गर्दै उनले ट्विटरमा भनेका छन् । भारतमा गत आइतबार नयाँ संसद् भवनको उद्घाटनपछि त्यहाँ ’अखण्ड भारत’को भित्तेचित्रमा नेपालको लुम्बिनी र कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्र समेटिएको छ । उक्त भित्तेचित्रमा छिमेकी मुलुकको भूभागलाई पनि समेटेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आपत्ति जनाएका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology