कृष्ण अन्जान, गुल्मी । स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका १ स्याङ्जा किपटका यज्ञराज चौतारे धेरैजसाे रिडीबजारमा भेटिन्छन। उनलाई भेट्दा लाग्छ, उनका आँखाहरुले केही खाेजि रहेकाछन । वास्तवमेै उनका आँखाले केही खाेजि रहेकै छन । गएकाे भदौदेखि ३० वर्षको लक्का जवान छाेराे हराएकाे छ उनकाे। छोराको झल्कोले सताउछ र कतै यतातिर छ कि भनेर दिनदिनै जसाे रिडीबजार तिर झर्छन उनी ।
'भदौबाट हराएको हाे कता गयाे गयाे कसैले आर्यभन्ज्याँगतिर देखिम भने त्यता पनि गएँ। कहिले गल्याँग पुगे कहिले कता जान्छु, कहिले कता। कहिँ देखिन्न भेटिन्न' दु:खी हुँदै यज्ञराज चौतारेले भने ।
सुस्त मनस्थिति रहेकाे ३० वर्षे केशव चौतारे २०७९ साल भदौ १६ गतेदेखि घरबाट निस्केर हिँडेका हुन। त्यसपछि उनकाे अत्ताेपत्ताे छैन । राम्ररी बाेल्न नसक्ने, सुन्ने तर बाेली फर्काउन नसक्ने अवस्थाका उनी कहाँ छन कस्तो हालतमा छन परिवार बेखबर छन ।
जे जस्तो भए पनि सन्ततिकाे माया कसलाई हुँदैन र ? जन्म दिएर हुर्काएकि आमा छाेराे हराउँदा पिडामा छन। बाबू दिनदिनै त्यहि छाेराे भेटिन्छ कि भनेर कहिले यता त कहिले उता भौँतारिन्छन ।
'मेराे छाेरालाई काेहि कसैले भेटे ९८४७४०८८५४ मा फाेन गरिदिए म लिन आउने थिएँ' उनले देख्ने भेट्नेलाई आफ्नो पीडा भन्दै माेवाईल नम्बर दिने गरेका छन ।
'दस महिना हुनलाग्याे कहाँ गए हाेला कस्तो हालतमा हाेला साह्रै पिरलाे छ बाबू' यज्ञराज चौतारेले आखाँबाट बरबरी आँसु झार्दै गुनासो गरे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology