Logo

२०८३, आश्विन १०गते


images
images

धुर्काेटले पायाे सबैभन्दा धैरै सँघिय बजेट

धुर्काेटले पायाे सबैभन्दा धैरै सँघिय बजेट

images
  • धुर्काेटले पायाे सबैभन्दा धैरै सँघिय बजेट
    images
    images

    गुल्मी । नेपाल सरकारकाे  बजेट  मध्ये    गुल्मीका   १० वटा गाउँपालिहरुमा  धुर्कोट  अहिले  पनि  बढी  बजेट पाउने गाउँपालिकामा  परेको छ  ।   सोमबार अर्थ  मन्त्री प्रकाशशरण मह्स्तले प्रस्तुत गरेको बजेट मध्ये  स्थानियतहलाइ  छुट्टाइएको  बजेट  बिवरण हेर्दा  धुर्कोट बढी  बजेट  पाउनेमा  परेको  हो  ।

    images
    images
    images

    कार्य  सम्पादन  मुल्यांकनमा  हरेक  बर्ष  अगाडि  रहदै आएको  त्यसपालिका  गत  आर्थिक  बर्षमा  पनि  अगाडि भइ ४०  करोड   २६  लाख  अनुदान  बजेट  परेको  छ  । त्यसपालिका  पछि  दोश्रो ठूलो  बजेट  सत्यवती गाउँपालिकामा  ४०  करोड  ३  लाख  परेकोछ ।

    images
    images
    images


    गाउँपालिकाहरुमा  सबै  भ्स्न्दा  कम  फेरि  पनि  इस्मा गाउँपालिका मै  परेको  छ  ।  उसलाई जम्मा  ३२  करोड   ४ लाख  बजेट  पाएको  हो ।  गत  आर्थिक  बर्षमा  पनि संघबाट  कम  बजेट  परेको  गुनासो  इस्मा  गाउँपालिका प्रमुख भ्स्गतसिन्ह खड्काले  गरेका  थिए  ।

    images
    images
    images

    दुई  नगरपालिका  मध्ये  मुसिकोट  नगरपालिका  अगाडी छ । उसले  ४७  करोड  ५६  लाख    बजेट  पाउँदा सदरमुकामको  रेसुङ्गा  नगरपालिकाले  भने  मुसिकोट झन्डै ८  करोड  कमि अर्थात ३९  करोड  ६५  लाख  बजेट पाएकोछ ।  

    त्यस्तै  रुरुक्षेत्रले  ३६ करोड  ३६  लाख,  छत्रकोटले  ३९ करोड  ३८  लाख  ,  गुल्मीदरवारले ३२  करोड  २१ लाख, मदानेले  ३३  करोड  ६३  लाख  र  मालिकाले  ३८  करोड ४२  लाख  विभिन्न  शीशिर्षकको  अनुदान  र  सशर्त  बजेट पाएको  छ  ।  

    कार्य  सम्पादन  मुल्यांकनका  अलवा  जनसंख्याका  आधारमा  पनि  स्थानिय  तहमा  बजेट   बिनियोजन  हुने धुर्कोट  गाउँपालिका  प्रमुख  भुपाल  पोखरेलको  भनाइ  छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धुर्काेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।