Logo

२०८३, श्रावण ३१गते


images
images

राष्ट्र बैंकको स्टोरमा प्रतिबन्धित भारतीय नोट, किन राखियो ८ करोड १० लाख रुपैयाँ ?

राष्ट्र बैंकको स्टोरमा प्रतिबन्धित भारतीय नोट, किन राखियो ८ करोड १० लाख रुपैयाँ ?

images
  • राष्ट्र बैंकको स्टोरमा प्रतिबन्धित भारतीय नोट, किन राखियो ८ करोड १० लाख रुपैयाँ ?
    images
    images

    काठमाडौं । प्रतिबन्धित भारु पाँच सय र एक हजार दरका सटही नभएका ८ करोड १० लाख नेपाली रुपैयाँ राष्ट्र बैंकमै थन्किएको छ। भारत सरकारले सो नोट प्रयोगमा प्रतिबन्ध लगाएको करिब ६ वर्ष बितिसक्दा पनि नेपालमा भएको नोटलाई अझै सटही नगर्दा नोक्सानी बेहोर्नु परेको छ। 

    images
    images
    images

    वर्षौं बित्दा पनि यी नोट भारतले सटही गर्न कुनै चासो देखाएको छैन। यो सटहीको विषय नै छाायाँमा पर्‍यो। सुरुवाती चरणमा सटही गरिएन यसपछि नेपालले जति प्रयास गरे पनि यसलाई बेवास्ता गरिरहँदा विषय नै सेलाएको छ।

    images
    images
    images

    यद्यपि सरकारी तह परराष्ट्र मन्त्रालय, गभर्नरको तहबाट पहल निरन्तर भैरहेको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन्। तर, यो एक्सनमा नगएको उनको गुनासो छ। ‘यद्यपि सटही गर्नेबारे लीखित रूपमा भए वा नभए पनि मौखिक रूपमा प्रधानमन्त्रीले कुरा उठाउने राष्ट्र बैंकको विश्वास छ। लामो समयदेखि सटही नहुँदा पनि अझै अपेक्षा मरेको छैन। हामी आशावादी छौं’ उनले भने। 

    images
    images
    images

    केन्द्रीय बैंकको स्टोरमा भारु ५ सय दरको नोट ३ करोड ४० लाख ७३ हजार ५ सय  भारतीय रुपैयाँ छ। यस्तै, हजार दरका नोट १ करोड ६५ लाख ५२ हजार भारतीय रुपैयाँ छ।

    नेपालसँग अहिले ५ करोड ६ लाख २५ हजार ५ सय भारु रहेको राष्ट्र बैंकले जानकारी दिए। उक्त भारु नोटको इक्विभ्यालेन्ट नेपाली रुपैयाँमा ८ करोड १० लाख ८ सयको हुन आउँछ। यो बैंकिङ प्रणालीमा मात्रै भएको रकम हो। अझै प्रणालीबाहिर पनि थुप्रै भारु भएको अनुमान गरिन्छ। नेपालसँग भएको प्रतिबन्धित भारु नोट मौज्दातको शोधभर्ना रिजर्भ बैंक अफ इन्डियाले दिन्छ भन्नेमा राष्ट्र बैंक आशावादी रहँदै आयो। 
    अन्नपूर्णपोस्ट दैनिक बाट

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्र बैंक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।