Logo

२०८३, कार्तिक २८गते


images
images

कृषकको गुनासो

खडेरीको मारमा किसान, छरेका मकै उम्रिएनन्

खडेरीको मारमा किसान, छरेका मकै उम्रिएनन्

images
  • सेतोमसी सहकर्मी
  • खडेरीको मारमा किसान, छरेका मकै उम्रिएनन्
    images

    कृष्ण अन्जान, गुल्मी ।  लामाे खडेरी परेपछि  रुरुक्षेत्र र आसपासका गाउँहरूमा मकै छर्ने काम प्रभावित भएकाे छ भने पानी परेपछि मकै छरम्ला भनेर बसेका किसानहरु पानीकाे पर्खाईमै जेठको मध्य भागमा पुग्दा पनि पानी नपरेपछि चिन्तित छन भने जे त हाेला भनेर धुलाेमा मकै छर्ने हरु मकै नउम्रेर पुर्पुराेमा हात लाउन विवस छन ।

    images
    images
    images

    रुरुक्षेत्रका किसान हरुले चैत्रकाे आधाआधि देखि बैशाख महिनाकाे पहिलो हप्ता सम्म बारीमा मल फाल्छन र जाेतेर मल पुरेर मकैछर्न वारि ठिक्क पार्छन । र आकाशे पानी पर्खन्छन ।

    images
    images
    images

    सिँचाइकाे सुविधा नभएकाले बलेटक्सार, बम्घा, थाेर्गा, च्यूरेक, ग्वादीकाे उपल्लो भाग, लामाखर्क, भट्कुवा क्षेत्रमा मकै छर्न आकाशे पानी कुर्नुपर्छ ।

    images
    images

    धुलाेमै मकै छरेकि रुरुक्षेत्र ३ ठाँटिकि कमल विकले भनिन जे त हाेला भनेर धुलैमा मकै छरियाे पानी आएन मकै उम्रोएन ।

    रुरुक्षेत्रकाे मुख्य बाली मकै हाे र यहि मकै खेतिमा यहाँका किसानहरु आकर्षित छन ।

    मकैकाे प्रयाेग गाई भैँसिका लागि कुँडाेकाे रुपमा प्रयाेग त हुन्छ नै यसकाे आटाे ,पिठाे ,सातु ,राेटी सबै बनाएर प्रयाेग हुन्छ ।

    मकै पिसेर छिन्के पछि आटाे बन्छ र याे आटाे खान्कीकाे रुपमा प्रयाेग गर्छन यस क्षेत्रका किसान हरु । 

    मकैकाे काँत्रा पारेर पिसेपछि मकैकाे राेटि ,भुटेर पिसेपछि सातु ,यसैगरी हरियाे हुँदा उसिनेर पाेलेर र मकै भुटेर खान सकिने एउटा बहुआयामिक खान्कीकाे रुपमा मकै प्रयाेग हुने भएकाले पनि मकै वास्तव मै अनिकालकाे खान्कि भन्दा फरक पर्दैन ।

    याे क्षेत्रमा स्थानीय जातकाे पहेंलो मकै लगाउने चलन छ भने पछिल्लो चरणमा अत्यधिक फल्ने भएकाले उन्नत जातकाे मकै पनि लगाउन थालिएकाे छ ।

    मकै सँगै मकैखेति भित्र  बाेडि ,फर्सि ,सिमी ,तितेकरेला पनि किसाहरुले लगाउँछन ।

    बैशाखमा छरेकाे मकै साउने सक्रान्तिमा चढाएपछि पाेलेर खाने लायक हुन्छ र भदौमा त मकै थन्काउने काम हुन्छ ।

    भदौ ताक एकसय पचास रुपैयाँ पाथि बिक्ने मकै चैत्र बैशाखमा आईपुग्दा दुईसय पचास पाथी सम्ममा बेचेको यहाँका किसान हरु बताउँछन् ।

    आजभोलि मकैकाे आटाे ,सातु ,काँत्राकाे पिठाे ,भुटेर खाने मकै शहर तिरका आफन्त कहाँ पनि पाहुरकाे रुपमा पठाउने चलन छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खडेरी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।