Logo

२०८३, आश्विन १०गते


images
images

घान्द्रुकमा सेन्चुरी पर्यटन महोत्सव

घान्द्रुकमा सेन्चुरी पर्यटन महोत्सव

images
  • घान्द्रुकमा सेन्चुरी पर्यटन महोत्सव
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवको आजदेखि सुरु भएको छ ।

    images
    images
    images

    पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समिति र घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा आजदेखि सेन्चुरी महोत्सव सुरु भएको हो महोत्सवको उद्घाटन समारोहलाई सम्बोधनलाई गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले पर्यटन गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार भएको बताए ।

    images
    images
    images

    ‘घान्द्रुकमा स्वदेशी र विदेशी पर्यटन किन आउँछन् भन्ने धेरैको जिज्ञासा हुन सक्छ, घान्द्रुकमा प्राकृतिक सौन्दर्ययता, मौलिक संस्कार संस्कृति अवलोकनका लागि पर्यटकहरु आउँछन्, सांसद बरालले भने, ‘प्रदेश समृद्धिको आधार पर्यटन हो यसको विकास र प्रचारप्रसारमा सबै लाग्नुपर्छ ।’

    images
    images
    images

    सांसद बरालले पर्यटनमा उद्यमशीलताको विकास गरी गाउँको समृद्धिसँग जोड्न जरुरी भएको बताए । उनले भने, पर्यटन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न गुणात्मकरुपमा फड्को मार्न जरुरी छ, यसमा सरकार र निजी क्षेत्रको साझेदारितालाई अझ फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रमा अहिलेसम्म जति प्रगति भएको छ, त्यो निजी क्षेत्रकै देन हो, लगानीमैत्री वातावरण सिर्जना गरी निजीक्षेत्रसँग हातेमालो गरेर अघि बढ्न जरुरी छ ।

    सांसद बरालले घान्द्रुक गाउँलाई केन्द्रिय प्रसारण लाइनसँग जोड्न नेपाल विद्युत प्राधिकरणले टेण्डरको प्रक्रिया अगाडि बढाएकाले चाँडै नै गाउमाँ केन्द्रिय प्रसारण लाइनसँग जोडिने बताए ।

    ‘पर्यटकीय घान्द्रुक गाउँका स्थानीयले केन्द्रिय प्रसारण लाइन नहुँदा वर्षाको समयमा विद्युतको समस्या झेल्दै आएका छन् यसको समाधानका लागि नेपाल विद्युत प्राधिकरणले घान्द्रुकमा लाइन विस्तारका लागि १७ करोड रुपैयाँमा टेण्डर आह्वान गरेको छ, चाँडै नै गाउँ केन्द्रिय प्रसारण लाइनसँग जोडिन्छ ।’ बरालले भने ।

    घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको बताए ।
    महोत्सवको उद्घाटन समारोहमा घान्द्रुकमा विगत १३ वर्षदेखि फोहोर व्यवस्थापमा सहयोग पु¥याउँदै आएका राम बहादुर परियारलाई सम्मान गरिएको छ । महोत्सव जेठ २० गतेसम्म सञ्चालन हुने छ ।

    सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनको समेत आयोजना गर्दै आएको छ । दुईवर्ष कोरोना भाइरसका कारण रोकिएको म्याराथन तेस्रो संस्करणको म्याराथन महोत्सवको अन्तिम दिन जेठ २० गते सञ्चालन हुने आयोजकले जनाएको छ ।

    म्याराथन प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाउनेछन् । यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । म्याराथनमा सहभागि हुन पुरुषतर्फ ७ र महिलातर्फ ५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ ।

    म्याराथन जेठ २० गते अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न हुनेछ ।
    महोत्सवमा भलिबल प्रतियोगिता सुरु

    अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा आयोजित खुल्ला गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
    खुल्ला गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा १३ समूहको सहभागिता रहेको आयोजकले जनाएको छ ।गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

    बास्केटबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । महोत्सव अवधिभर पर्यटकहरुलाई घान्द्रुकमा २० प्रतिशत छुट दिएको छ भने भलिबल र बास्केटबलतर्फ ८ सय रुपैयाँको प्याकेजमा खाने बस्ने व्यवस्था गरेको आयोजकले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।