Logo

२०८३, आश्विन १०गते


images
images

गर्मीका कारण सुनवलका विद्यालयमा विदा

गर्मीका कारण सुनवलका विद्यालयमा विदा

images
  • सेतोमसी सहकर्मी
  • गर्मीका कारण सुनवलका विद्यालयमा विदा
    images
    images

    परासी।पछिल्लो समय राजधानी काठमाडौंसहित देशैभरीको तापक्रम ह्वात्तै बढेको छ । विगत केही दिनयता नेपालका तराई क्षेत्रमा अधिकतम तापक्रम ४२ डिग्रीभन्दा माथि पुग्न थालेको छ ।

    images
    images
    images

    तापक्रममा अत्यधिक वृद्धि हुन थालेपछि सुनवल नगरपालिकाले बिहिवार एक सूचना जारी गर्दै बढ्दो गर्मीकै कारण नगरभित्रका विद्यालयहरुमा केही दिन विदा दिने जनाएको छ । सूचनाका अनुसार १९ जेष्ठ देखि २६ जेष्ठ सम्मगरि एक हप्ता गर्मी बिदा दिएको हो ।

    images
    images
    images

    नगरका शाखा अधिकृत पशुपति भट्टराईद्वारा जारी ‘गर्मी विदा रहने सम्बन्धमा’ शीर्षकको सूचनामा भनिएको छ– 
    प्रस्तुत विषयमा सुनवल नगर शिक्षा समितिको मिति २०८०/०२/१६ को बैठकको निर्णयानुसार हाल बढिरहेको अत्याधिक गर्मीका कारण पठनपाठन तथा शैक्षिक गतिविधि संचालनमा असहजता भएकाले शैक्षिक क्यालेण्डरमा उल्लेख भएको गर्मी बिदाबाट कट्टी हुने गरी मिति २०८०/०२/१९ देखि २०८०|०२|२६ सम्म सुनवल नगरपालिकाका सम्पूर्ण विद्यालयहरुमा गर्मी बिदा गरिएको व्यहोरा जानकारी गराइन्छ । साथै हाल चलिरहेको कक्षा ११ को परीक्षालाई निरन्तरता दिनुहुन समेत जानकारी गराइन्छ ।

    images
    images
    images

     विद्यालयहरुमा विदा दिइए पनि पूर्व निर्धारित परीक्षाहरु भने यथावत् रुपमा सञ्चालन हुने सूचनामा उल्लेख छ ।

    FB_IMG_1685611188392.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।