Logo

२०८३, आश्विन ९गते


images
images

कमजोर प्रेम कि जात

कमजोर प्रेम कि जात

images
  • सेतोमसी सहकर्मी
  • कमजोर प्रेम कि जात
    images
    images

    राधा कृष्ण, मुना मदन, रोमियो जुलियट, लैला मज्नु, क्लियोपेट्रा र मर्क एन्टोनि यसरी इतिहासको पानामा नाम कोरिएका प्रेमिल जोडीहरू अरु पनि हुनसक्छन। भलै यी पात्रहरूको प्रेम सम्बन्ध सफल भएको मान्न भने नसकिएला कृष्णले राधालाई जिन्दगीभर प्रतीक्षामा राखेर आफूले रुक्मणी सँग बिहे गरे तैपनि राधाले कृष्णलाई सधै आफ्नो प्रेमी सम्झिरहिन। आहा कति माया गरेकी रुकुमणीले, कति विशुद्ध प्रेम।मदनलाई पर्खिदा पर्खिदा मुनाले आफ्नो ज्यान सत्यनास गरिन् तर कलकलाउंदो त्यो बैंश किन अरुलाई नसुम्पेकी होलिन? जुलियटलाई  मरेको देखेर रोमीयोले ए मरि त हालि यार म त बाच्नुपर्छ भनेर नसोची किन उही ठाउँमा आफू पनि मर्ने निधो गरे होलान्? परिवारले आफूलाई कोठामै थुनेर मज्नु सँग कहिलै भेट्न नदिँदा पनि लैलाले किन मज्नु को नाम पुकार्न छोडिनन्? सायद उनीहरु एकजनालाई समर्पण गरिसकेको मन फेरी कतै बाँड्नु भनेको पाप नभई महापाप हो भन्ने सम्झन्थे कि। बस्!उनीहरु एक अर्का बिना बाँच्नै नसक्ने थिए, भए उसकै नभए उसकै सम्झनामा, यस्तै थिय होला ति सम्बन्धहरु।

    images
    images
    images

    सधै सँगै बसेर टाँसिएर मात्रै पनि प्रेम हुदैन,प्रेम त्यसलाई भनिन्छ जसमा तपाईले आफुलाई कतिसम्म समर्पण गर्नसक्नुहुन्छ कसैलाई एकक्षण देखेकै भरमा जिन्दगीभरि प्रेम हुन सक्छ, कसैलाई जिन्दगीभर सँगै हुँदा पनि एकक्षण छुट्टिन पाए भन्ने हुन सक्छ। कसैले आफ्नो प्रेमको लागि ज्यान दिन्छन् त कसैले ज्यान लिन्छन् पनि। यस्तै छ प्रेमको भाषा र परिभाषा यो सन्सारमा।

    images
    images
    images

    प्रेमका प्रशस्त उदाहरण सुनिरहेका हामी आधुनिक दुनियाँमा प्रवेश गर्दै आधुनिक प्रेम गर्न थालेछौं। जहाँ आफ्नो स्वार्थ पूरा नहुन्जेल प्रेमको नाटक गरिन्छ सँगै हिडिन्छ, खाइन्छ, बसिन्छ, सुतिन्छ, मन मिल्दासम्म माया साटिन्छ, शरीर साटिन्छ, त्यतिबेला न धनि न गरिब न दलित न ब्राह्मण न पढेको न नपढेको केही हेरिदैन केवल मायामा लिप्त भएर चुर्लुम्म डुब्यो, बाँकी सब बिर्सियो। जब होस आउँछ जब परिवारले त्यो सँग बिहे गर्न मिल्दैन भन्छ जब समाजले कुरा काट्न थाल्छ अनि आफ्नो प्रेम र प्रेमीको खातिर प्रतिकार गर्नुको सट्टा सब बिर्सिएर नभएका झुटा आरोप लगाएर आफ्नो प्रेमीलाई जेल पठायो अनि लुते कुकुर जस्तो पुच्छर लुकाएर सत्य साबित्री बन्यो। खोइ प्रेममा समर्पण गरेको खोइ लैला जस्तो बन्न सकेको खोइ राधा जस्तो बनेको? वर्षौं देखि शारीरिक सम्पर्क गर्दा केहि नहुने आफ्नो स्वार्थ पूरा भएपछि २-४ जनाले कान फुग्दैमा बलत्कार गरेको हुने जबर्जस्त गरेको हुने, अपहरण गरेको हुने, वा रे वा नारिवाद वा!

    images
    images
    images

    ए नालायक सरकार कस्तो कानुन छ तेरो के हेरेर बसेको छस् , यो कस्तो खाले प्रोटोकल हो देश बेच्ने,मान्छे बेच्ने ,दलाल र भ्रष्टाचारीलाई अघिपछि सुरक्षागार्ड सहित सोधपुछ गर्न लैजाने तर बिचरा एउटा राष्ट्रिय खेलाडी, एउटा देशको कलाकार/ गहना, एउटा कसूर प्रमाणित भई नसकेको निर्दोष प्रेमीलाइ घाँटीमा गलत्याउँदै प्रहरीको गाडीमा राख्ने आदेश कुन माइकालालले दियो? कि यो प्रहरीले स्वयम् नुनको सोझो गरेको हो?

    आखिर कहिलेसम्म यो जातीय विभेदको नाममा नवराज बिक (दुई वर्षअघि प्रेमिकाकै कारण रुकुममा पाँचजना साथी  सँगै उनको पनि ज्यान गएको थियो) जस्ता प्रेमीहरु मरिरहने? कहिलेसम्म प्रभात बस्याल जस्ता निर्दोष  जेल परिरहने? जातको नाममा मानवताको हत्या कहिलेसम्म? र हाम्रो लाचारि सरकार अहिलेसम्म टुलुटुलु हेरिरहने??
                                         गुल्मी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कमजोर प्रेम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।