Logo

२०८३, आश्विन १०गते


images
images

पृथ्वी राजमार्गमा पहिरोले गाडी पुरियो २ जनाको मृत्यु ६ जना घाइते

पृथ्वी राजमार्गमा पहिरोले गाडी पुरियो २ जनाको मृत्यु ६ जना घाइते

images
  • पृथ्वी राजमार्गमा पहिरोले गाडी पुरियो २ जनाको मृत्यु ६ जना घाइते
    images
    images

    धादिङ । पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिका-१०, जवाङ खोलामा पहिरोले गाडी पुरिदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

    images
    images
    images

     

    images
    images
    images

    काठमाडौबाट मुग्लिनतर्फ जाँदै गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका-६, बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र चितवनबाट काठमाडौँ जादै गरेको ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।पहिरोले सवारी साधन पुरिदा ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका-६, का ४० वर्षीय हरि बहादुर प्रजा, चितवन भण्डाराका ३६ वर्षीय सुदिप प्रजा घाईते भएका छन् । घाईतेहरुको चितवनमा उपचार भइरहेको छ ।

    images
    images
    images

     

    त्यस्तै ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतका ५५ वर्षीय राकेश कुमार, ७ वर्षीय शुभम कुमार, २७ वर्षीय सन्देश कुमार र २५ वर्षीय राजा कुमार घाईते भएका छन् । उनीहरुको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए । अविरल वर्षासँगैको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध छ ।अवरुद्ध राजमार्ग गाउँपालिका र सडक विभागको डोजरले खुलाउने कार्य भइरहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।