Logo

२०८३, कार्तिक २८गते


images
images

चर्काे खडेरीले  रुरुक्षेत्रमा सुके मकै र बेलापतेला

चर्काे खडेरीले  रुरुक्षेत्रमा सुके मकै र बेलापतेला

images
  • सेतोमसी सहकर्मी
  • चर्काे खडेरीले  रुरुक्षेत्रमा सुके मकै र बेलापतेला
    images

    कृष्ण अन्जान,रुरुक्षेत्र । जेठ महिनाकाे आधा आधि कटिसक्याे ,प्रचण्ड गर्मी छ पानी पर्दैन ,किसानहरु आकाश तिर हेर्छन कहिँ कतै एउटाे फुर्काे बादल देखिँदैन । माेवाईल फाेनमा दिनदिनै मौसमकाे जानकारी लिन्छन पानी पर्ने छाँट छैन ।

    images
    images
    images

    रुरुक्षेत्र गाउँ पालिकाकाे च्यूरेक ,थानपति ,भट्कुवा ,झमादी लगायतका बस्तिहरुमा दिनकाे तापक्रम ३६ डिग्री सेल्सियस सम्म पुगेकाे छ ।राति र विहान पख केही घटेपनि केही दिनदेखि तापक्रम ह्वात्तै  बढेको छ र सित्तल खाेज्दै चौताराेका वर पिपलका रुखमुनि सित्तल ताप्न स्थानीय वासिन्दा पुग्छन ।

    images
    images
    images

    खै पानी आउने छाँट गरेन माेवाईलमा पानी देखाउन्न मकै बारीमै सुके रुरुक्षेत्र १ का किसान दिननाथ ज्ञवालीले दिक्दार मान्दै भने ।

    images
    images

    हुनपनि याे वर्षको मकै छर्ने गरि ठुलाे पानी आएन ।यसक्षेत्रमा परेकाे फासफुसे पानीमा छरेका मकै कतै उम्रेपनि खडेरीले सुकेका छन भने कसैले धुलामा छरेका मकै कताकति उम्रेका छन ।


    जेठकाे मध्यभागमा पुग्दा एकाेहाेराे मकै खनि सक्थे यसक्षेत्रका किसान हरु तर यसपालि धेरै किसानहरूले पानीको आशा राख्दा राख्दै बारि खालि राख्न बाध्य  भएका छन भने कसैका मकै उम्रेकै छैनन र उम्रेका मकै र बेला पतेला पनि चर्काे खडेरीले खँग्रङ्ग सुकेका छन ।
    त्यसै त गाउँ रितै छन त्यसैमाथि गाउँमा बसेका दुईचार घर किसानले गर्ने खेतिमा पनि दैव लागेकाे छ ।


    खडेरी परेपछि वेला पतेला र मकै सुकेका त छन नै त्यसैमाथि किराले पात काट्न थालेकाे छ ।
    याे क्षेत्रकाे मुख्य वालि मकै हाे र याे वर्ष खडेरीकै कारण मकै उत्पादन अत्यन्तै कम हुने अनुमान गरिएकाे छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चर्काे खडेरी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।