Logo

२०८३, कार्तिक २८गते


images
images

याेग सिक्दै जनप्रतिनिधि र सर्वसाधारण 

याेग सिक्दै जनप्रतिनिधि र सर्वसाधारण 

images
  • सेतोमसी सहकर्मी
  • याेग सिक्दै जनप्रतिनिधि र सर्वसाधारण 
    images

    कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्र गाउँ पालिकाकाे कभर्डहल विहानै भरियाे ।शनिवारकाे दिन त्यसैमाथि याेग अभ्यास याेगका अनुयायी त्यहाँ नपुग्ने कुरै भएन ।जन प्रतिनिधि ,बलेटक्सार र वरिपरि क्षेत्रका वासिन्दा हरुले कभर्डहल डमक्क भरियाे ।

    images
    images
    images


    बलेटक्सार आयुर्वेदिक अस्पतालकाे आयाेजना र रुरुक्षेत्र गाउँपालिकाकाे सँयाेजनमा याे एक दिवसिय याेगाभ्यास अभिमुखिकरण शिविरकाे आयाेजना गरिएकाे बलेटक्सार  आयुर्वेद ओैषधालयका  प्रमुख नन्द बहादुर गेलाँगले जानकारी गराए ।

    images
    images
    images


    याेगअभ्यास कार्यक्रममा बाेल्दै रुरुक्षेत्र गाउँ पालिकाका अध्यक्ष यदु ज्ञवालीले जनस्वास्थ्यमा विशेष महत्त्व राख्ने याेगअभ्यासलाई जीवनपद्दति बनाउन सबैलाई आग्रह गर्दै यसलाई गाउँपालिका भित्रका विभिन्न क्षेत्रमा निरन्तरता दिने बताए ।

    images
    images

    योगअभ्यास अभिमुखिकरण शिविरमा जिल्ला आयुर्वेद ओैषधालयका वरिष्ठ कविराज माधव प्रासाद बस्याल र रिडी आयुर्वेदिक ओैषधालयका प्रमुख दीक्षा भण्डारीले उपस्थित याेगानुरागि हरुलाई याेग सम्बन्धि विविध विषयहरुमा प्रशिक्षण दिईएकाे थियाे ।  


    याेगाभ्यास अभिमुखिकरण शिविरमा गाउँ पालिका उपाध्यक्ष   मिना देवि गौतम,रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेल ,वडा न ३ का वडा अध्यक्ष शेषनारायण पौडेल वडा ४ का वडा अध्यक्ष मोति प्रसाद श्रेष्ठ उघोग बाणिज्य संघ बलेटक्सारका अध्यक्ष तोयनारायण ज्ञवाली लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुकाे सहभागिता रहेकाे प्रशिक्षक दीक्षा भण्डारीले जानकारी दिईन ।


    स्मरण रहाेस रिडी आयुर्वेदिक ओैषधालयकाे सँयाेजनमा कविराज दित्रा भण्डारीकाे पहलमा यस क्षेत्रका विध्यालयहरुमा याेगअभ्यास शिविर र गाउँ घरमा मासिक स्वास्थ क्लिनिक पनि सन्चालन हुँदै आएका छन ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # याेग
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।