Logo

२०८३, कार्तिक २८गते


images
images

नेपालका ओलम्पियनहरुलाई पोखरामा सम्मान

नेपालका ओलम्पियनहरुलाई पोखरामा सम्मान

images
  • सेतोमसी सहकर्मी
  • नेपालका ओलम्पियनहरुलाई पोखरामा सम्मान
    images

    राजेश  पराजुली, पोखरा । नेपालका ओलम्पियनहरुलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगरपालिका, नेपाल ओलम्पियन संघ र पोखरा महानगर खेलकुद विकास समितिकोको व्यवस्थापनमा प्रभातफेरी सहित ओलम्पियनहरुलाई सम्मान गरिएको हो ।

    images
    images
    images

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको विकास पर्यटनसँगै खेलकुदका माध्यमबाट समेत उत्ति कै महत्वपूर्ण हुने बताए । पोखरालाई खेल पर्यटनको हबका रूपमा विकास गर्न पोखरा महानगरपालिका निरन्तर लागिरहेको बताउँदै उनले खेलकुदसँग सम्बन्धित हरेक गतिविधिहरूमा महानगरपालिका सँगै अगाडी बढिरहेको बताए ।

    images
    images
    images

    नेपालका पहिलो ओलम्पियन क्या।रामप्रसाद गुरुङसहित ५० जना ओलम्पियनहरुलाई पोखराको फेवाताल किनार बाराहीघाटमा सम्मान गरिएको छ । गण्डकी प्रदेशका ७ जना ओलम्पियनहरु मध्ये ५ जना सम्मानित भएका छन् ।

    images
    images

    ओलम्पियनहरुलाई सम्मान पश्चात् फेवा डुङ्गा व्यवसायी संघको समन्वयमा फेवातालमा डुङ्गा सयर सहित तालबाराही मन्दिरको दर्शन गराइएको पोखरा खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले बताए ।

    नेपाली ओलम्पियनहरूको छाता संस्था नेपाल ओलम्पियन संघको आयोजना तथा पोखरा महानगरपालिका खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको समन्वयमा भएको दोस्रो ओलम्पियन पुनर्मिलन तथा ओलम्पियन सम्मान कार्यक्रममा सहभागी हुन उनीहरू पोखरामा भेला भएका हुन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।