कृष्ण अन्जान, रुरुधाम । रुरु सँस्कृत विध्यापिठकाे सभाहल एघार बज्दा नबज्दै खचाखच भरियाे । वरिष्ठशिक्षाविद ,प्रध्यापक , उपप्रध्यापक ,विभिन्न विध्यालयका प्राचार्य ,गुरुकुलका गुरु ,बटुक ,जनप्रतिनिधि ,महिला बुद्धिजीवीहरुकाे जमघटले लाग्थ्यो ठुलै कार्यक्रम हुँदैछ ।
हुनपनि रुरु सँस्कृत विध्यापिठले अनुसन्धान तथा साेध प्रस्ताव तालिम सँग जाेडेर विध्यापिठ परिसरमा निर्माण भएकाे शिक्षक ,कर्मचारी आवास र छात्रावास भवनकाे उदघाटन कार्यक्रम राखे सँगै रुरु सँस्कृत विध्यापिठले ठुलै सँख्यामा विभिन्न क्षेत्रका व्यक्तित्व हरुलाई निम्ताएकाे थियाे ।
पहिलो सत्रमा नेपाल सँस्कृत विश्वविद्यालयका उपकुलपति प्रध्यापक डाक्टर यादव प्रकाश लामिछानेले भवनकाे उद्घाटन गरेपछि सभाहलमा अन्य कार्यक्रमकाे समेत शुभारम्भ गरियाे ।
उदघाटन सत्रमा बाेल्दै उपकुलपति लामिछानेले सँस्कृत भाषालाई कर्मकाण्डिहरुकाे भाषाकाे रुपमा नलिन आग्रह गर्दै सँस्कृत भाषा बिना अरु भाषाकाे अध्ययन अधुराे रहने बताए ।सँस्कृत शिक्षालाई हेर्ने दृष्टिकोणलाई राज्यले परिवर्तन गर्नु पर्ने बताउँदै उपकुलपति लामिछानेले सँस्कृत शिक्षालाई राज्यले विशिष्टिकृत गर्नु पर्नेमा जाेड दिए ।ब्राह्मणकाे भाषा भनेर सँकुचनमा सँस्कृत भाषालाई राख्न नहुने बताउँदै उपकुलपति लामिछानेले राज्यले गुरुकुलिय शिक्षामा लगानी बढाउँदै सँस्कृत भाषा प्रति उदार बन्न समेत सुझाव दिए ।
कार्यक्रममा बाेल्दै नेपाल सँस्कृत सेवा आयाेगका सदस्य मुरलिमाेहन वास्ताेलाले मानव जीवनकाे कर्तव्यबोध गराउने शास्त्र सँस्कृत शिक्षा भएकाले सँस्कृत शिक्षाकाे विकास र उन्नयनमा लाग्न आग्रह गरे ।
उदघाटन कार्यक्रममा आफ्नो धारणा राख्दै रुरुक्षेत्र गाउँ पालिका अध्यक्ष यदु ज्ञवालीले शैक्षिक र प्रज्ञिक सँस्थाले गर्ने अनुसन्धान मानवकै लागि उपयाेगि हुने बताउँदै रुरुक्षेत्रमा रहेको गौरव रुरु सँस्कृत विध्यापिठकाे भौतिक र शैक्षिक विकासका लागि गाउँ पालिका सबै सहयाेग र सहयात्राका लागि तयार रहेकाे बताए ।
रुरु सँस्कृत विध्यापिठका प्राचार्य खगेश्वर गौतमकाे अध्यक्षतामा भएकाे पहिलो सत्रकाे कार्यक्रममा प्राध्यापक कृष्ण पौडेल ,विष्णु दाहाल ,शँभुराज गौतम ,नवराज पाण्डेले आफ्नो धारणा राखेका थिए ।
उदघाटन सत्रमा सँस्कृत वाङ्ममय लगायत शैक्षिक क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदर गर्दै नेपाल सँस्कृत विश्वविद्यालयका उपकुलपति प्रध्यापक डाक्टर यादव प्रकाश लामिछाने र नेपाल सँस्कृत विश्वविद्यालयका सेवा आयाेगका सदस्य मुरलिमाेहन वास्ताेलालाई रुरुक्षेत्र गाउँ पालिका ,सँस्कृत र साधारण माध्यमिक विध्यालय रिडी र रुरु सँस्कृत विध्यापिठले सँयुक्त रुपमा सम्मान गरेकाे छ ।
कार्यक्रममा लामाे समय अध्यापन गरेका प्रध्यापक नवराज पाण्डे र लक्ष्मण घिमिरेलाई विश्वविद्यालय द्वारा दिर्घसेवा पदक प्रदान गरिएको थियाे ।
उदघाटन सत्रकाे सन्चलान रुरु सँस्कृत विध्यापिठका उपप्रध्यापक बसन्त क्षेत्री र स्वागत विध्यापिठका पुर्व प्राचार्य लिलामणि शर्माले गरेका थिए ।
दाेस्राे सत्रकाे तीन दिवसिय अनुसन्धान तथा शाेधप्रस्ताव लेखन तालिम पनि शुरु भएकाे छ ।तालिममा याे क्षेत्रका शैक्षिक व्यक्तित्व हरुकाे सहभागिता रहेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology