Logo

२०८३, आश्विन ९गते


images
images

दुई खेलाडीसहित ५ सदस्यीय नेपाली राष्ट्रिय जुडो टोली किर्गिस्तान प्रस्थान

दुई खेलाडीसहित ५ सदस्यीय नेपाली राष्ट्रिय जुडो टोली किर्गिस्तान प्रस्थान

images
  • दुई  खेलाडीसहित ५ सदस्यीय नेपाली राष्ट्रिय जुडो टोली किर्गिस्तान प्रस्थान
    images
    images

    काठमाडौ ।  ओपन बिस्केक जुडो च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ५ सदस्यीय नेपाली जुडो टोली बुधबार किर्गिस्तानको बिस्केक प्रस्थान गर्ने भएको छ ।

    images
    images
    images

    जुन ९ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट समान १ पुरुष र १ महिला खेलाडीले त्यहाँ आफ्नो खेल प्रस्तुत गर्ने भएका ंछन् । पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ तथा महिला ७० केजीमुनि पुनम श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुद सागका पदक विजेता हुन् । सागमा इन्द्रले रजत तथा पुनमले स्वर्ण जितेका थिए ।

    images
    images
    images

    प्रशिक्षकमा पदमबहादुर बुढाथोकी तथा व्यवस्थापकमा नेपाल जुडो संघका सदस्य धर्मरत्न पछाईं रहेका छन् । नेपाल जुडो संघका अध्यक्ष एवं जेयुए एडुकेसन कोचिङका निर्देशक दीपकहर्ष वज्राचार्य पनि टोलीसंगै किर्गिस्तान जाँदैछन् ।

    images
    images
    images

    टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।