Logo

२०८३, कार्तिक २७गते


images
images

देवदहमा 'मिडिया फेस्टिबल'

देवदहमा 'मिडिया फेस्टिबल'

images
  • देवदहमा 'मिडिया फेस्टिबल'
    images

    रुपन्देही । देवदहमा `देवदह मिडिया फेस्टिबल´ सुरु भएको छ । देवदहको संन्चार माध्यम योगदान पुर्याउने, अग्रज र युवा क्रियाशिल पत्रकारलाई सम्मान गर्दै देवदह प्रेस क्लबको आयोजनमा मिडिया फेस्टिबलको बुधबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्घाटन गरेका हुन् ।
     
    उदघाटन समारोहमा देवदहको संन्चार माध्यम योगदान पुर्याउने नवराज पुरि, अग्रज पत्रकार सिद्दिचरण भट्टराई, याम राना, युवा क्रियाशिल पत्रकारितामा रेशम अधिकारी, र  गीत संगीतको क्षेत्रमा योगदान पुर्याएको भन्दै गायक तेजु आर्यलालाई पनि सम्मान गरिएको थियो  ।

    images
    images
    images


    फेस्टिवलको उद्घाटन गर्दै सभामुख घर्तीले मुलुकमा सुशासन कायम गर्नु अहिलेको आवश्यकता भएको बताए । राजनीतिक दलका नेता र प्रशासकमा ब्याप्त अहंकार र दम्भका कारण सुशासनमा समस्या देखिएको भन्दै सभामुख घर्तीले पत्रकारहरूले त्यसलाई चिर्नुपर्नेमा जोड दिए । पद,प्रतिष्ठा र पैसाको लोभले समाज अराजकतातर्फ उन्मुख भएको भन्दै उनले समाजलाई सहि ट्रयाकमा ल्याउन पत्रकारहरूले कलम चलाउनुपर्ने आवश्यकता औंल्याए । सकारात्मक सोचको विकास गर्न आवश्यक रहेको भन्दै सभामुख घर्तीले लुम्बिनी प्रदेशले सामाजिक सेवा ऐन ल्याएर सभ्य समाज निर्माण गर्ने बताए ।

    images
    images
    images


    कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य खड्क बहादुर खत्री,देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेल,पत्रकार सम्वद्व विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले आ आफ्नो भनाइ राखेका थिए । तीनदिनसम्म चल्ने कार्यक्रममा नेपाली पत्रकारिताः अभाव र अबको बाटो लगायतका बिषयमा छलफल गरेर ठोस निष्कर्ष निकाल्ने क्लबका अध्यक्ष विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

    images
    images

    ३ दिन सम्म चल्ने कार्यक्रममा लुम्बिनी प्रदेश भरका मुलधार र स्थानीय स्तरका सञ्चारमाध्यमका सम्पादकसहित सय बढी पत्रकार सहभागी छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।