रुपन्देही । सेतोमसीका उप-सम्पादक रेशम अधिकारी सम्मानित भएका छन् । रुपन्देहीको देवदह प्रेस क्लबले देवदहको पत्रकारिता क्षेत्रमा अनवरतरुपमा क्रियाशील रहेको भन्दै पत्रकार अधिकारीलाई युवा क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।
क्लबले देवदह मिडिया फेस्टिभलको अवसरमा बुधबार एक कार्यक्रम गरी 'युवा क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मान २०८०' बाट अधिकारीलाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको हो । लुम्बिनी प्रदेशका सभामुख वसन्त घर्तीले उनलाई सम्मान गरेका हुन् ।
पछिल्लो विगत ५ वर्ष देखि सक्रिय रुपमा पत्रकारिता क्षेत्रमा आवद्ध रहेका अधिकारीले आर्थिक,सामाजिक,राजनीतिक लगायतका बिटमा कलम चलाउदै आएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology