रुपन्देही । देवदहको संन्चार माध्यम योगदान पुर्याउने, अग्रज र युवा क्रियाशिल पत्रकारलाई सम्मान गर्दै देवदह प्रेस क्लबको आयोजनमा मिडिया फेस्टिबल सुरु भएको छ । बुधबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कार्यक्रमको उद्घाटन गरेका हुन् ।
उदघाटन समारोहमा देवदहको संन्चार माध्यम योगदान पुर्याउने स्वर्गीय नवराज पुरि, अग्रज पत्रकार सिद्दिचरण भट्टराई, याम राना, युवा क्रियाशिल पत्रकारितामा रेशम अधिकारी, र गीत संगीतको क्षेत्रमा योगदान पुर्याएको भन्दै गायक तेजु आर्यलालाई पनि सम्मान गरिएको थियो ।
३ दिन सम्म चल्ने कार्यक्रममा लुम्बिनी प्रदेश भरका मुलधार र स्थानीय स्तरका सञ्चारमाध्यमका सम्पादकसहित सय बढी पत्रकार सहभागी छन्।



Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology