रेशम अधिकारी । देवदह प्रेस क्लबको आयोजनमा रुपन्देहीको देवदहमा बुधबारदेखी सुरु भएको देवद तिन दिने मिडिया फेस्टिबल कार्यक्रममा अतिथिलाई आयोजकका तर्फबाट मायाको चिनोको रुपमा मकै दिएको छ ।
कार्यक्रममा दैनिक रुपमा बढ्दै गएको खर्चिलो र प्रयोगबिहीन चिनो दिनुभन्दा रैथाने खाना र संस्कृतिको प्रवर्धन गर्ने उदेश्यले कार्यक्रममा आउने सबै अतिथिलाई मकै दिने गरेको अध्यक्ष बिष्णु पोखरेलले बताए।
३ दिन सम्म चल्ने कार्यक्रममा लुम्बिनी प्रदेश भरका मुलधार र स्थानीय स्तरका सञ्चारमाध्यमका सम्पादकसहित सय बढी पत्रकार सहभागी छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology