Logo

२०८३, आश्विन ९गते


images
images

पानी खाेज्दै पँधेरा तिर 

पानी खाेज्दै पँधेरा तिर 

images
  • सेतोमसी सहकर्मी
  • पानी खाेज्दै पँधेरा तिर 
    images
    images

    कृष्ण अन्जान, च्यूरेक । गर्मी छल्न बुटवलबाट  आफ्नो पुर्ख्यौलि घर रुरुक्षेत्र गाउँ पालिका वडा न १ च्यूरेक तिर आएका ओम ज्ञवालीलाई घर आउने बित्तिकै पिउने पानीकाे जाेहाे गर्नु पर्याे ।

    images
    images
    images


    पानीकै लागि उनी जर्किन बाेकेर उहीँ बाबू बाजेको पालाको चिर्तुमकाे पँधेरा तिर पानी खाेज्दै पुगे ।

    images
    images
    images


    ओम ज्ञवाली त प्रतिनिधि पात्र हुन उनित एक्लै आएका छन बस्तुभाउ छैनन दुई चार जर्किन पानी ल्याए पुग्छ त च्यूरेककाे सिँगाे गाउँ नै यतिबेला पानीकाे अभावमा जुधि रहेकाे छ ।

    images
    images
    images


    चर्काे खडेरिले मुल सुकेपछि पानी आएकाे छैन र पानी नहुँदा जनजीवन असहज बनेकाे छ ।


    खानलाई पँधेरामा गएर ल्याम्ला तर बस्तुभाउलाई खुवाउन लिन कहाँ जानु साहै आपत भाे गाउँमा कसको घरमा ड्रममा ट्याँकिमा जम्मा गरेकाे छ त्यहाँ गएर एक दुई गाग्री पानी ल्याएर काम चलाउँदै छु रुरुक्षेत्र १ च्यूरेक ठुलापाेखरा की मुना पौडेल भन्छिन ।


    यतिबेला च्यूरेक आउने जनैढुँगा खानेपानी आयाेजनाकाे मुल खडेरीले सुक्न थालेकाे छ र यहि मुलबाट बितरण गरिएकाे जानपाटा ,जौखेला ,सिरानघर टाेल ,चौरेली टाेल ,ठुलापाेखरा टाेल र स्थानीय झ्वाँले क्षेत्रका वासिन्दाहरुमा पानीकाे हाहाकार छ ।


    गाउँमा पानीले जनता काकाकुलकाे अवस्थामा पुगेपछि रुरुक्षेत्र गाउँ पालिका १ ले ट्याँकरमा पानी ल्याएर पानीकाे आपूर्ति गर्ने तयारी गरेपनि रिडीखाेलाबाट ल्याउने पानी पिउन याेग्य नभएको र दुषित पानी त्यहि पनि महँगाे पर्न जाने रुरुक्षेत्र १ का वडा सदस्य घनस्याम ज्ञवालीकाे भनाई छ ।


    उनका अनुसार च्यूरेक वासीहरुलाई खडेरीभरी ट्याँकरमा अलि स्वच्छ पानीकाे मुलबाट पानी बितरण गर्न आवस्यक पहल गरिने उनले बताए ।


    खानेपानी मानवका लागि आधारभूत कुरा भएकाले वडा तथा पालिका स्तरबाट ट्याँकरमा पानी ल्याएर च्यूरेक क्षेत्रमा बितरण गरि बस्तुभाउ र स्थानीय जनताकाे घाँटी भिजाउन पहल अत्यावस्यक छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पँधेरा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।