Logo

२०८३, आश्विन १२गते


images
images

नेपाल मगर महिला संघ देवदहको अध्यक्षमा विन्दु

नेपाल मगर महिला संघ देवदहको अध्यक्षमा विन्दु

images
  • सेतोमसी सहकर्मी
  • नेपाल मगर महिला संघ देवदहको अध्यक्षमा विन्दु
    images
    images

    देवदह। नेपाल मगर महिला संघ देवदह नगर समितको पाँचौ नगर सम्मेलन तथा तेस्रो अधिबेशन शनिबार सम्पन्न भएको छ। अधिबेशनले विन्दु थापाको अध्यक्षतामा १३ सदस्यीय नगर समिति सर्वसम्मत रुपमा चयन गरेको छ।

    images
    images
    images

    समितिको उपाध्यक्षमा पुष्पा राना,सचिवमा धनमाया झेंडी, सहसचिव नुनिसरा खरु, कोषाध्यक्षमा श्रीमाया थापा चयन भएका छन्। त्यस्तै समितिको सदस्यहरुमा पुनम राना, हेमकला सुति, दुर्गा बुढाथोकी, धनु राना, इन्द्रा राना, जयन्ति पुन,प्रेम कुमारी पुन र खगी सारु मगर रहेका छन्।

    images
    images
    images

    नवनिर्वाचित कार्यसमतिलाई नेपाल मगर महिला संघ जिल्ला अध्यक्ष चन्दा थापा, नेपाल मगर संघ केन्द्रिय सह अध्यक्ष दलबहादुर विरकट्टा, निवर्तमान वडा अध्यक्ष पदम थापा मगर, नेपाल आदिवासी जनजाति समन्वय परिषदका कोषाध्यक्ष किसन बहादुर थापा, नेपाल मगर संघ देवदह नगरका अध्यक्ष शोभा कुमारी थापा, नेपाल मगर संघ  देवदह नगरका पुर्व अध्यक्ष खरसिह श्रीस, नेपाल मगर महिला संघका जिल्ला सदस्य उमाया मगर र निवर्तमान दिलमाया सिंजाली लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

    images
    images
    images

    अधिबेशन नेपला मगर महिला संघ देवदह नगए समितिका अध्यक्ष दिलमाया सिंजालीको अध्यक्षता, उपाध्यक्ष दुर्गा जर्घा मगरको स्वागत र सचिव बिन्दु थापाको संचालनमा सम्पन्न भएको थियो।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।