Logo

२०८३, आश्विन ९गते


images
images

पोखरामा कुष्ठरोग सम्बन्धी उपचार गर्ने ३० बेडको नयाँ भवन उद्घाटन                                                                                     

पोखरामा कुष्ठरोग सम्बन्धी उपचार गर्ने ३० बेडको नयाँ भवन उद्घाटन                                                                                     

images
  • सेतोमसी सहकर्मी
  • images
    images

    राजेश पराजुली, पोखरा।   नेपाल सरकारले सन् २०१० मै नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । तर, त्यसपछि पनि देशमा वार्षिक औसतमा ३ हजार जना कुष्ठरोगबाट संक्रमण हुने गरेको तथ्यांक छ ।

    images
    images
    images

    नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोग अन्त्य नै गर्ने उद्धेश्य राखेको छ । कुष्ठरोगको क्षेत्रमा हरियोखर्क अस्पताल तथा पुनस्र्थापना केन्द्र पोखरा, साइनिङ अस्पताल सुर्खेत, साइनिङ अस्पताल बाँकेमार्फत काम गरिरहेको आइएनएफले कुष्ठरोगको अन्त्य गर्न नेपाल सरकारसँग मिलेर रणनीतिक योजना पनि बनाएको छ । त्यही राणनीति योजनाको पुस्तिका लोकापर्ण गरिएको छ । कुष्ठरोग सम्बन्धी उपचार गर्ने ३० बेडको नयाँ भवन पनि उद्घाटन भएको छ ।

    images
    images
    images

    नयाँ भवनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आएएनएफले नेपालको स्वास्थ्य सेवामा ठूलो योगदान पु¥याएको बताए । विशेषगरी कुष्ठरोगको उपचारसँगै सामाजिक चेतनाका कार्यक्रम पनि आवश्यक पर्ने मुख्यमन्त्रीको भनाइ छ ।

    images
    images
    images

    सरकारले १० वर्ष मुनि र ६० वर्षमाथिका विरामीलाई सरकारी अस्पतालमा निशुल्क गर्ने तथा केही खोप पनि निशुल्क गर्ने प्रयत्न भइरहेको सुनाए । समुदाय तहमा कुष्ठरोगका विविध पक्षबारे जनचेतना अभिवृद्धि गर्ने कुरालाई रणनीतिक योजनामा विशेष जोड दिइएको छ ।

    भारतको नौतुना हुँदै सन् १९५२ मा बेलायती नागरिक डा. लिल्ली ओ ह्यान्लन र हिल्डा स्टिलसँगै नेपाल भित्रिएको हो, मिसिनरी ‘इन्टरनेसनल नेपाल फेलोसीप’ अर्थात आइएनएफ । डा. लिल्लीको टोली एक हप्ता लगाएर नौतुनाबाट हिँडेर पोखरा आइपुगेको थियो ।

    बेलायती नर्स आइलिन लज र उनको सहयोगी बेट्टी बेलीको अगुवाइमा पोखरा पहिलो पटक कुष्ठरोगको उपचारका लागि हरियो खर्क कुष्ठरोग उपचार केन्द्रको स्थापना भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।