Logo

२०८३, आश्विन ९गते


images
images

गर्मीमा कसरी बच्ने ?

गर्मीमा कसरी बच्ने ?

images
  • सेतोमसी सहकर्मी
  • गर्मीमा कसरी बच्ने ?
    images
    images

    काठमाडौँ। पक्कै आजको गर्मी महशुस गर्नुभयो होला । चर्कदो घामसंगै बढेको गर्मीमा तातो हावा चल्न सुरु भएको छ । एकातर्फ घामको राप, अर्कोतिर तातो हावा। यस्तोमा तराईमा ‘लू’ को समस्या हुन सक्छ । यस्तोमा गर्मी र लूबाट बच्न सर्तकता अपनाउनु पर्दछ ।

    images
    images
    images

    के हो लू ?

    images
    images
    images

    अत्यधिक गर्मीका कारण शरीरबाट धेरै पसिना बग्दछ । जसका कारण शरीरमा नुन र पानीको कमी हुन्छ । यसले शरीरको रगतमा तापमान बृद्धि गर्छ । शरीरमा पानीको मात्रा कमी हुनु नै लू लाग्नु हो । समयमै उपचार नभए लुको कारण ज्यान समेत जान सक्छ ।

    images
    images
    images

    लक्षण

    – शरीरमा पानी र नुनको मात्रा घट्दा रगतको तापमान बढ्न गई टाउको भारी हुनु

    – नाडीको गति बढ्नु

    – रगतको गति पनि तिब्र हुनु

    – श्वासप्रश्वासको गति असामान्य हुँदै जानु

    – हात, खुट्टा र तालुमा जलन बढ्नु

    – आँखामा जलन बढ्नु

    – अचानक बेहोस हुनु

    बच्ने उपाय

    – पटक पटक पानी पिउने

    – खाली पेट नबस्ने

    – प्याजको रस खाने

    – बाहिर निस्कदा टाउको, कान र गर्दन ढाक्ने तौलिया ओड्ने

    – मध्यान्हको चर्को गर्मीमा घर बाहिर ननिस्कने

    – पच्ने खानेकुरा मात्र खाने

    – नरम, मुलायम सूतीको कपडा लगाउने

    – चिसो फल, खानेकुरा सेवन गर्ने

    लू लागे के गर्ने ?

    – लू लागेको थाहा हुनासाथ तत्काल अस्पताल जाने

    – चिकित्सककोमा पुग्नु अघि केही घरमा पनि केही प्राथमिक उपचार गर्न सकिन्छ ।

    क) बिरामीलाई खुला र चिसो हावामा आराम गराउने

    ख) बिरामीको शरीरमा चिस्याउन चिसो पानी वा बर्फले बारम्बार पट्टी गर्ने

    ग) बिरामीलाई तुरुन्तै प्याजको रसमा मह मिसाएर पिउन दिने

    घ) बर्फ पानी पिउन नदिने बरु कागती पानी पिउन दिने

    ङ) भिजाएको धनिया पिसेर छान्ने र उक्त घोलमा चिनि मिसाएर पिउने

    च) खरबुजा, कांक्रा जस्ता पानीको मात्रा बढी भएको फलफूल, सब्जी सेवन गर्ने

    छ) पानीमा ग्लोकोज मिसाएर पिउने वा कागतीको सर्बत पिउने

    विभिन्न एजेन्सीको सहयोगमा

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।