काठमाडौँ । चार दशकदेखि नेपाली भाषा र नेपाल भाषामा निरन्तर कलम चलाउँदै आएका विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन 'अमर' को साहित्यिक कृति अनौठो माया (उपन्यास) सार्वजनिक गरिएको छ ।
ओएसनेपालको आयोजनामा ओएसनेपाल म्युजिक अवार्ड २०८० को नोमिनेसन प्रमाणपत्र वितरण कार्यक्रमको प्रमुख अथिति अमन लाल मोदी संघीय मामिला तथा प्रशासन मन्त्री र विशेष अथिति एस. एस. पि धनबहादुर कार्कीबाट संयुक्त रूपमा साहित्यकार सुरेन्द्र महर्जन 'अमर' द्वारा लिखित उपन्यास सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति अमन लाल मोदी र विशेष अथिति एस. एस. पि धनबहादुर कार्कीले अवार्डको प्रमाणपत्र पाउने सबैलाई हार्दिक बधाई र साहित्यकार सुरेन्द्र महर्जन अमरलाई शुभकामना र सफलताको कामना दिएका थीए । २०७४ सालबाट निरन्तर साहित्य र कला क्षेत्रका पुस्तक एल्बम लगायत साहित्यकार अमरका कृतिहरू ओएसनेपालले प्रकाशन गर्दै आइरहेको र अझ मौका मिलेको खण्डमा उहाँको कृतिहरू अझै प्रकाशन गर्दै जाने ओएसनेपालको तर्फबाट विवेक कार्कीले बताए ।
अनौठो माया (उपन्यास) का लेखक सुरेन्द्र महर्जन 'अमर' ले आफ्नो उपन्यासभित्रका कथा काल्पनिक मात्रै नभएर अहिलेको जवानामा यथार्थमा पनि कहीँकतै आफ्नो बनेर धोका दिने मान्छेहरू धेरै हुने भएको कारण कथालाई अलग्गै तरिकाले उपन्यासमा समेटिएको बताएका छन् । नाम र मान्छेलाई पात्रको कुनै माध्यमबाट सम्बोधन गरे पनि कसैलाई होच्याउने नगरिएको बताए । कथालाई पूर्णता दिन पात्रहरू आवश्यक पर्ने हुनाले कसैलाई पात्रको रूपमा समावेश गरेको उहाँले बताए । उपन्यासकार अमरले हालै सगरमाथा बेस क्याम ५३६४ मिटर अग्लो स्थानमा आफ्नो उनन्तिसौ कृति विमोचन गरेर विश्व कृतिमानी वल्ड बुक अफ रेकर्ड राखेर विश्व कृतिमानी प्रमाणपत्र हाँसिल गरिसकेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology