Logo

२०८३, आश्विन ९गते


images
images

व्युटि टिप्स

छाला सुख्खा हुनबाट जोगाउने चार होममेड फेस मास्क

छाला सुख्खा हुनबाट जोगाउने चार होममेड फेस मास्क

images
  • सेतोमसी सहकर्मी
  • छाला सुख्खा हुनबाट जोगाउने चार होममेड फेस मास्क
    व्युटि टिप्स
    images
    images

    मौसम जाडो होस या गर्मी केही व्यक्तिलाई ड्राइ स्कीन अर्थात् छाला सुख्खा हुने समस्याले सताइरहन्छ । अझ चिसो मौसममा नुहाएपछि छाला झनै फुट्ने र सुख्खा हुने गर्छ ।

    images
    images
    images

    साबुनको धेरै प्रयोग, तातो पानीले नुहाउँदा पनि छाला सुख्खा हुन्छ । कुनै बेला पोषणको कमी, प्रदुषण र धूलो धुँवाका कारण पनि छाला रुखो हुन सक्छ। सुख्खा छाला हेदी पनि राम्रो देखिदन । सुख्खा छालाई नरम बनाउने बजारमा विभिन्न स्कीन केयर प्रडक्टर्स पाईन्छ। तर ती स्कीन केयर प्रडक्टर्सले पनि सुख्खा छालालाई नरम नबनाउन सक्छ । यस्तोमा आयुर्वेदको सहारा पनि लिन सकिन्छ ।

    images
    images
    images

    आयुर्वेदमा केही यस्ता सहज उपायहरू छन्, जसले छालालाई भित्रबाटै पोषण दिन्छ । यसले छालाको सुक्खापनका समस्याबाट छुट्कारा दिन्छ । फलफूलबाट तयार गरिएका पोस्टहरू लगाउनाले छाला स्वस्थ हुने गर्छ । घरमै उपलब्ध विभिन्न सामग्रीहरूबाट पनि होममेड फेस मास्क बनाउन सकिन्छ । यी होममेड फेस मास्कले सुख्खा छालालाई नरम र चिल्लो बनाउन मद्दत गर्दछ ।

    images
    images
    images

    केरा र महको फेस मास्क

    केरा र मह छालाको लागि निकै राम्रो मानिन्छ । यसको प्रयोगबाट छाला भित्रदेखि नै स्वस्थ हुन्छ । केरालाई मिचेर त्यसमा एक चम्चा मह मिसाई पेस्ट बनाउने। यो पेस्टलाई २० मिनेटसम्म अनुहारमा लगाउनुपर्छ। २० मिनेटपछि सफा पानीले अनुहार धुने । यसले सुक्खापनका समस्याबाट चमक पनि ल्याउन मद्दत गर्दछ ।

    चन्दनको पेस्ट

    चन्दनमा प्राकृति रुपमा एक किसिमको तेल पाइन्छ, जुन ड्राई स्त्रिकनको समस्यालाई टाढा भगाउँछ। चन्दनको प्रयोग विशेषगरी जाडो मौसममा गर्न उपयुक्त हुन्छ । एक चम्चा चन्दनमा थोरै गुलाबजल राखेर पेस्ट बनाउनुपर्छ । यो पेस्टलाई अनुहारमा राम्रोसँग लगाएर छोड्ने यसले अनुहारमा भएको मृत छाला निस्कन्छ र छाला सुख्खा पनि देखिदैन ।

    सयपत्री फूलको पेस्ट

    सयपत्री फूल तिहारको समयमा हाम्रो घर आँगनमा सजिलै पाउन सकिन्छ । सयपत्रीको फूलमा फ्लेवेनाएड हुनुका साथै छालालाई आवश्यक पर्ने तेल पनि हुने गर्छ । यसले छालालाई स्वस्थ बनाउन मद्दत गर्दछ। यसको मास्क बनाउन सयपत्रीको फूललाई पिसेर पेस्ट बनाउन सकिन्छ । यो पेस्टलाई अनुहारमा लगाएर १५ को लागि छाडिदिने। यसपछि सफा पानीले अनुहार धुनुपर्छ । यसले छाला कोमल बनाउँछ।

    मेवाको पेस्ट

    मेवा स्वास्थ्यको लागि जति आवश्यक छ, छालाको लागि त्यति नै लाभदायक पनि छ । मेवाको पेस्टले सुक्खापन, च्याउरिपन, बढ्दो उमेरको लक्षण लगायत कयौं छाला सम्बन्धी समस्याबाट छुटकारा दिन मदत गर्दछ। यसमा रहेको भिटामिन ए ले छालामा सुख्खापनको समस्या आउना दिदैँन। मेवालाई पेस्ट बनाई अनुहारमा लगाउने र मसाज गर्ने । यसले छालाको सुक्खापनबाट बचाउँछ ।

    • एजेन्सीको सहयोगमा 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # व्युटि टिप्स
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।