Logo

२०८३, आश्विन ११गते


images
images

जातीय विभेद न्यूनिकरणका लागि बनेका कानुन कार्यान्वयनमा जोड

जातीय विभेद न्यूनिकरणका लागि बनेका कानुन कार्यान्वयनमा जोड

images
  • जातीय विभेद न्यूनिकरणका लागि बनेका कानुन कार्यान्वयनमा जोड
    images
    images

    बुटवल । जातीय विभेद न्यूनिकरणका लागि बनेका कानुन कार्यान्वयनमा जोड दिनु पर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । सोमवार तिलोत्तमाको संकनगरमा  जागरण मिडिया सेन्टर द्धारा सञ्चालित सामुदायिक रेडियो जागरण ९३.६ मेगाहर्जको आयोजना तथा तिलोत्तमा नगरपालिकाको सहकार्य र समन्वयमा आयोजित जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बाल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिलोत्तमा नगरपालीकाका उपप्रमुख जगेश्वर देवी चौधरीले सबैखाले विभेद न्यूनिकरणका लागि नगरका सबै सरोकारवाला निकायले हातेमालो गर्नुपर्नेमा जोड दिईन । उनले जातीय विभेद अन्त्यका लागि पञ्चबर्षिय योजना बनाई सोही अनुशार बजेट विनियोजन गरि कार्यान्वयनमा ल्याएको बताउदै पछाडि परेको समुदाय आफनो अधिकार पाप्त गर्न क्रियाशिल हुनु पर्नेमा जोड दिईन ।

    images
    images
    images

    त्यस्तै तिलोत्तमा नगरपालीका वडा न. १ का वडा अध्यक्ष पर्शुराम गिरीले जातीय विभेद न्यूनिकरणका लागि वडाले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको भन्दै आगामी दिनमा पनि बजेट छुट्टयाई काम गर्ने बताए । कार्यक्रममा तिलोत्तमा नगरपालीका वडा न. ८ का वडा अध्यक्ष कृष्ण प्रसाद पंगेनीले हरेक प्रकारका विभेद विरुद्ध तिलोत्तमा नगर प्रतिबद्ध भएको बताए । उनले पछाडि परेको वर्ग , समुदायको उत्थानका लागि नगर तथा वडाले आयआर्जनमा आत्मनिर्भर बन्न विभिन्न सिपमुलक तालिमको आयोजना गरको भन्दै आगामि दिनमा त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

    images
    images
    images

    त्यस्तै तिलोत्तमा नगर कार्यपालीका सदस्य सुरेन्द्र श्रीले ०६२÷६३ सालको जनआन्दोलनपछि पुनस्थापित संसदले  जातीय छुवाछुत उन्मुलन घोषाणा गरेको १७ बर्ष पुगेता पनि   व्यवहार त छुवाछुत अन्त्य हुन नसकेको भन्दै नेपालमा संविधान र कानुनहरु बने पनि औपचारीकतामा मात्र सिमित भए बताए । उनले  जातका आधारमा गरिने विभेदलाई कानुनी कारवाही गर्ने व्यवस्थालाई बलियो संग कार्यान्वयन गर्न सरकारका तिनै तहले पहल गर्नुपर्नेमा जोड दिदै सरकारलाई दवाव दिन सरोकारवाला निकाय एक हुनुपर्ने समेत बताए ।

    कार्यक्रममा दलित अधिकारकर्मि राम बिश्वकर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्र माथी अधिबक्ता हेमा न्यौपाने ,एचवी रम्तेल टिप्पणी गर्नु भएको थियो । कार्यपत्रमा उठान भएका विषयबस्तु माथी खुला सत्रमा बोल्दै कार्यपालीका सदस्य रवि सेन्चुरी अधिकारकर्मी लता खड्का ,बुद्धि नेपाली ,अमृत बेबारे , शान्तिमाया विक लगाएतले बनेका कानुन कार्यान्वयनमा सरकारका तिनै तह र प्रहरी प्रशासनले जिम्मेवारी पुर्णरुपमा काम नगरेको आरोप लगाउदै बार्षिक बजेट र योजनामा समेत विभेद गरेको बताए । सरकारले समुदायको लागि छुट्टयाउने गरेको बजेट कहां कसरी खर्च हुन्छ त्यो पनि थाहा नहुने भन्दै समाजमा अप्रत्यक्षरुपमा विभेदका घटनाहरु बढ्दै गएकाले त्यसको न्यूनिकरणका लागि सरकारका तिनै तहले कानुन कार्यान्वयनमा विशेष पहल गर्नुपर्ने माग गर्दै  जातीय विभेद तथा विभेद छुवाछुत गर्नेलाई कडा कावार्ही र पिडितलाई न्याय दिनका लागि सम्बन्धित निकायले ध्यान दिन समेत आग्रह गरे ।

    कार्यक्रममा बैशाख २९ गते मलेसियामा भएको १९ औं अन्तराष्टिय ओकिनवा गोजोरियो खुल्ला करांते प्रतियोगिता ४० केजी, १५ बर्ष मुनीको खेलमा तिलोत्तमाबाट सहभागि भै गोल्ड मेडल जित्न सफल समिक्षा सार्कीलाई रेडियोका तर्फबाट नगद रु.५ हजार सहित सम्मान समेत गरिएको थियो । जागरण मिडिया सेन्टरका केन्द्रिय सदस्य जगलाल नेपालीको अध्यक्षता, किसन बरालको स्वागत मन्तव्य तथा अम्बिका परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जातीय विभेद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।