Logo

२०८३, आश्विन १०गते


images
images

पोखरा प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव जेठ ३१ र ३२ गते

पोखरा प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव जेठ ३१ र ३२ गते

images
  • पोखरा प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव जेठ ३१ र ३२ गते
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा  जेठ ३१ र ३२ गते पोखराको प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव हुँदैछ । हिमालयन साईन्स फाउण्डेशन र विज्ञान शिक्षक समाजको सह—आयोजनामा गण्डकी प्रदेश स्तरीय विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको हो ।

    images
    images
    images


    विद्यालयस्तरदेखि नै विद्यार्थीलाई खोज तथा अनुसन्धानमा अभिप्रेरित गर्ने उद्देश्यले विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको हिमालय साईन्स फाउण्डेशनका अध्यक्ष आतंक बस्नेतले जानकारी गराए । उनका अनुसार महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ। 

    images
    images
    images

    गण्डकी प्रदेशका विभिन्न जिल्लाका विद्यालयबाट आएका विद्यार्र्थीले मानव जीवनका विभिन्न समस्याहरुलाई कसरी वैज्ञानिक प्रविधिद्वारा समाधान गर्न सकिन्छ भन्ने समाधानका साथ महोत्सवमा प्रस्तुत हुने उनले बताए ।

    images
    images
    images


    गण्डकी प्रदेशको राजधानी पोखरामा यस्तो महोत्सवको आयोजना पहिलो पटक गरिएको दाबी उनको छ । उसो त उनले पोखरा मात्रै नभई देशका अन्य प्रदेशमा समेत उक्त कार्यक्रमको आयोजना गरिसकेका छन् । यस अघि लुम्बिनी प्रदेशमा विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको थियो ।
    २०७६ बाट उक्त महोत्सवको आयोजना गरिएता पनि कोरोना महामारीले निरन्तरतामा समस्या आएको बस्नेतले बताए । पोखरामा हुने विज्ञान प्रविधि महोत्सवबाट धेरैले लाभ लिनेमा उनी आशावादी देखिन्छन् ।


    आतंक भन्छन्, “विज्ञानका विषयमा हाम्रो शैक्षिक प्रणाली नै फितलो छ । विद्यालयदेखि नै विज्ञानमा हामीले प्रयोगात्मकलाई विशेष जोड दिनुपर्ने तर घोकन्ते विद्यामा नै हाम्रो साईन्स अड्किएको छ ।”


    नेपालका वैज्ञानिकहरुलाई संरक्षण गर्न नसक्दा देशले दक्ष वैज्ञानिकहरु गुमाइरहेको भनाई उनको छ । विज्ञान विषयलाई पढाउने तौरतरिकामा फेरबदल गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । थेउरिकल भन्दा प्राक्टिल विषयलाई प्राथामिकता दिनुपर्ने भनाई उनको छ ।


    कार्यक्रमलाई सफल पार्न विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् । जसमा मुख्य प्रायोजनमा वालाविज एजुकेशन सर्भिसेजले साथ दिएको छ । गण्डकी प्रोभिन्स एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीको सह—प्रायोजनमा आयोजना भएको उक्त महोत्सवलाई अनलाईन एजुकेशन पार्टनरको रुपमा एम्बिसन गुरुले साथ दिएको छ भने इन्टरनेट पार्टनरको रुपमा भायानेटले साथ दिएको छ । स्वास्थ्य सेवा पार्टनरको रुपमा टेककेएर र स्टिम एजुकेशन पार्टनरका रुपमा कारखानाले साथ दिएको बस्नेतले जानकारी गराएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।