रमेश बहादुर सिंह, बझाङ । बझाङमा अर्गानिक रैथाने बाली खाद्य परिकार महोत्सव सुरु भएको छ । रैथाने बालीको उत्पादन वृद्धि र प्रर्बद्दनका लागि रैथाने बालि खाद्य परिकार महोत्सवको आयोजना गरिएको छ ।
रैथाने बालीको प्रर्बद्दन,उत्पादन वृद्धि, गाउँ घरको उत्पादन खाने बानीको विकास गर्न जयपृथ्बी नगरपालिका ,मष्टा र सुर्मा गाउपालिकाको आयोजनामा रैथाने बालि खाद्य परिकार महोत्सवको आयोजना गरिएको हो । महोत्सबमा कृषि ज्ञानकेन्द्र बझाङ र शहिद बृष बहादुर सिह बहुप्राबिधिक शिक्षालय अठला बझाङले समन्वय गरेको छ भने सह प्रायोजक युएमएन र दलित सहयोग समाज रहेका छन् ।
पहिलो पटक भएको जिल्ला सदरमुकाम चैनपुरमा खाध महोत्सवले रैथाने बालीको महत्त्वलाई उजागर गरेकाले रैथाने बालीको प्रर्बद्दनका लागि यस्ता खालका महोत्सवलाई निरन्तरता दिनु पर्ने सहभागी जगदीश रोकायाले बताएका छन् । पछिल्लो समय विभिन्न दैबिक कारण रैथाने बालीको उत्पादन घट्दो भएपनि यसको माग भने बजारमा भने बढ्रने गरेको छ ।
कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले रैथाने बालिको उत्पादन वृद्धि गरि निर्यात प्रर्बद्दन गर्न स्थानीय सरकारले ठोस नीति बनाउनु पर्नेे बताए । "खाजा भनेकै चाउचाउ, चाउमिन हो ठान्छन्, अब स्थानीय बालीको प्रर्बद्दन गर्नु पर्छ" उनले भने ।
"यस्तै आयातित वस्तु खाने लत हरेक नागरिकलाई परिसकेको हुनाले रैथाने उत्पादन खान हिचकिच मान्ने गर्छन" जिल्ला समन्यय समितीका प्रमुख नर बहादुर बोहराले भने, "कुनै समय चिनो कागुनो,फापरको पिठो गरिबले खान्छन् भन्ने मान्यता थियो । तर अहिले अर्ग्यानिक खाना धनीमानीको लागि चौरासी बेन्जन सरह भएको छ। "
यता रैथाने बानी प्रर्बद्दनका लागि ठोस नीति नै बनाएर अघि बढ्ने जयपृथ्बी नगरपालिका नगरप्रमुख चेतराज बजालले बताएका छन। कृषि नै मुलुकको मुख्य आय स्रोत भएकोले कृषि र किसानको विकासमा जोड दिनुपर्ने उनको भनाई छ ।
सदरमुकाम चैनपुरको जिल्ला समन्वय समितीमा सुरु भएको महोत्सब २ दिनसम्म चल्ने भएको छ । महोत्सबमा रैथाने बालि बिक्रिबितरण, व्यक्तिगत सरसफाइमा चेतना, खाद्य गुणस्तर मापदण्ड, र साँस्कृतिक कार्यक्रम मुख्य आकर्षणका रुपमा रहेका छन् ।उक्त महोत्सवमा लोकेन्द्र रोकाया र कोसेलि घरका सञ्चालक बसन्त खड्रकाले रैथाने बालीको स्टल राखेका छन। रैथाने बाली प्रर्बद्दनका लागि स्थानीय महिलाहरुद्धारा देउडा र बिद्यार्थीहरुद्धारा नृत्य समेत प्रस्तुत गदै बाली संरक्षणमा जोड दिएका छन् ।
महोत्सबमा फापरको केक,मार्सको लडु,कोदोको मःम र हलुवा,कागुनाको खिर आलुको चिप्स ,भागोको चट्नि र भटमास साद परीकारहरु बनाइएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology