Logo

२०८३, आश्विन १२गते


images
images

मेयरले गरे गोहीसंग बिहे !

मेयरले गरे गोहीसंग बिहे !

images
  • मेयरले गरे गोहीसंग बिहे !
    images
    images

    एजेन्सी । नेपालमा खडेरी परेको बेला वर्षा होस् भनेर भ्यागुताको बिहे गरिदिने चलन छ । मानिसले जनावरसँग बिहे गरेको कुरा भने नेपालमा सुनिदैन ।

    images
    images
    images

    तर, मेक्सिकोमा भने एकजना मेयरले एक खतरनाक जनावरसँग बिहे गरेका छन् ।

    images
    images
    images


    मेक्सिकोको ओआक्साका राज्यस्थित सान पेद्रो हुआमेलुला सहरका मेयर ह्युगो सोसाले सात वर्षको गोहीसँग परम्परागत तरिकाले बिहे गरेका हुन् ।

    images
    images
    images

    सहरमा सुख तथा सम्मृद्धिका लागि भन्दै उनले गोहीसँग बिहे गरेको बताएका छन् ।

    वास्तवमा उक्त सहरमा सुख र सम्मृद्धिका लागि गोहीसँग बिहे गर्ने परम्परा सदियौंदेखि चलिआएको छ ।

    मेयर सोसाले बेहुली बनाएको आफ्नो गोहीलाई चुम्बन गरेको तस्वीर तथा भिडियोहरु सार्वजनिक भएका छन् । बेहुली गोहीको मुख भने बन्द गर्नका लागि बाँधिएको छ ।

    सानी राजकुमारी नाम दिइएको उक्त बेहुली गोहीलाई सो सहरमा धर्तीमाताको प्रतिक मानिन्छ । सहरको राजनीतिक नेतृत्वसँग गोहीको बिहेलाई मानिस र ईश्वरको मिलनको रुपमा लिइन्छ ।

    सहरका चोन्टल र हुआभे आदिवासी समुदायमा यस्तो गोहीसँग बिहे गर्ने परम्परा रहँदै आएको छ ।

    गोहीसँग बिहे गरेपछि मेयर सोसाले पत्रकारहरुसँग कुराकानी गर्दै सो परम्परा दुई समुदायको संस्कृति बीचको मिलन भएको बताए ।

    पछिल्लो २३० वर्षदेखि चल्दै आएको उक्त परम्परा अनुसार मेयरलाई चोन्टल समुदायको राजा मानिन्छ भने पोथी गोहीलाई हुआभे समुदायकी राजकुमारी मानिन्छ ।

    ती दुई समुदायको मेलमिलापको प्रतिकको रुपमा सो विवाहलाई लिइन्छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोहीसंग बिहे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।