Logo

२०८३, आश्विन १०गते


images
images

उत्कृष्टता हासिल गर्ने छात्रा सम्मानित

उत्कृष्टता हासिल गर्ने छात्रा सम्मानित

images
  • सेतोमसी सहकर्मी
  • उत्कृष्टता हासिल गर्ने छात्रा सम्मानित
    images
    images

    कृष्ण अन्जान, छत्रकाेट । एसईई परिक्षाकाे परिक्षाफल प्रकाशित भएसँगै यतिबेला कुन विधालयले कस्तो नतिजा ल्यायो ,कसले टप्याे लगायतका चर्चा परिचर्चा चलिरहेकाे छ ।

    images
    images
    images

    यसैक्रममा गुल्मी जिल्लाका सामुदायिक विधालयहरुकाे नतिजामा  छत्रकाेट ४ श्रृङ्गामा रहेकाे श्रृँगा माध्यमिक विधालयकी छात्रा स्मृति कँडेलले जिल्लामै सामुदायिक विधालय तर्फबाट चार जिपिए ल्याएर गुल्मी जिल्लामै सर्वाेत्कृष्ट अँक हासिल गरेकाेमा उनलाई छत्रकाेट गाउँपालिकाले एक कार्यक्रमकाे आयाेजना गरि सम्मान गरेकाे छ ।

    images
    images
    images

    छात्रा कँडेललाई गाउँपालिकाकाे तर्फबाट अध्यक्ष राम प्रसाद पाण्डेले बधाई सहित शैक्षिक प्राेत्साहन स्वरुप पैँतिस हजारकाे चेक समेत हस्तान्तरण गरे ।

    images
    images
    images

    कार्यक्रममा विधालय परिवार ,छात्रा स्मृति कँडेलका अभिभावक , छत्रकाेट गाउँपालिकाका कर्मचारी अन्य शैक्षिक र सामजिक व्यक्तित्व हरुकाे उपस्थित रहेकाे थियाे ।
    छत्रकाेट गाउँपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर विधार्थीहरुका लागि छात्रवृत्तिकाे समेत व्यवस्था गरेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छात्रा सम्मान
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।