Logo

२०८३, कार्तिक २७गते


images
images

देवदह नगरपालिकाद्वारा बिपत उद्धार सामाग्री वितरण

देवदह नगरपालिकाद्वारा बिपत उद्धार सामाग्री वितरण

images
  • देवदह नगरपालिकाद्वारा बिपत उद्धार सामाग्री वितरण
    images

    देवदह ।  रुपन्देहीको देवदह नगरपालिकाले बिपत उद्धार सामाग्री वितरण गरेको छ। वर्षायाम सुरु भए सङ्गै नेपालका विभिन्न स्थानहरुमा भारी वर्षा हुन सक्ने कुरालाई मध्यनजर गर्दै पुर्व तयारीसङ्गै देवदह नगरपालिकाले उद्धार सामाग्री वितरण गरेको नगरपालिकाले जनाएको छ। 

    images
    images
    images

    सशस्त्र सिमा सुरक्षा बल पजरकट्टीलाई प्रदान गरिएको बिपत उद्धार सामाग्रीमा गैंती ३ थान, बेल्चा ४ थान, बन्चरो १ थान, रेनकोट ५ थान, गमबुट ५ थान, लाइफ ज्याकेट ५ थान, बकेट स्टिल २ थान, फायर एक्स्टिगिन्सर २ थान, सर्चिङ्ग लाइट १ थान इमर्जेन्सी लाइट १ थान, स्ट्रचर फोल्डिङ्ग १ थान, मेगा फोन ३ थान, हेडलाइट २ थान र ६ जना अट्ने क्याम्पिङ्ग टेन्ट लगायत दुइ लाख ५०  हजार बराबरको सामाग्री रहेको नगर उपप्रमुख श्री विद्यालक्ष्मी गुरुङ्गले जानकारी दिईन। 

    images
    images
    images

    बिपत उद्धार सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, उप सचिव टिकाराम शर्मा, नगर प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष   गणेश डुम्रे, वडा नं. १० का अध्यक्ष यक बहादुर सुनार, वडा नं. ९ का वडा अध्यक्ष मोहन बहादुर जि.सी., वडा नं. ८ का वडा अध्यक्ष हरि प्रसाद पाण्डे  र वडा नं. ४ का वडा अध्यक्ष दमननाथ रेग्मी लगायतको उपस्थिति रहेको थियो। 
              

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।