Logo

२०८३, आश्विन ९गते


images
images

भारतले आज रकेट प्रक्षेपण गर्दै, चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश बन्न सक्ने

भारतले आज रकेट प्रक्षेपण गर्दै, चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश बन्न सक्ने

images
  • भारतले आज रकेट प्रक्षेपण गर्दै, चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने  पहिलो देश बन्न सक्ने
    फोटो : एजेन्सी
    images
    images

    काठमाडौं  । भारतले आज शुक्रवार विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दैछ । स्थानीय समयअनुसार भारतले दिउँसो २ बजेपछि एउटा 'ल्यान्डर' र एउटा रोभर चन्द्रमातर्फ पठाउन लागेको हो ।

    images
    images
    images

    भारतको महत्त्वाकाङ्क्षी यो योजना सफल भएमा चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल 'रोभर' पुर्‍याउने पहिलो देश हुनेछ । किनभने अहिलेसम्म पठाइएका सबै अभियान चन्द्रमाको मध्यवर्ती भागमा लक्षित थिए । भारतको अन्तरिक्ष निकायले चन्द्रयान–३ नाम दिएको आफ्नो अभियानलाई सफल बनाउन आवश्यक सबै उपाय अवलम्बन गरिएको जनाएको छ ।

    images
    images
    images

    भारतले पहिलो पटक सन् २००८ मा चन्द्रमातर्फ चन्द्रयान–१ पठाएको थियो । यो अभियानबाट चन्द्रमाको सतहमा पानीको अस्तित्व रहेको प्रमाणित गरिएको थियो । त्यस बेला भारतले ७ दशमलव ९ करोड अमेरिकी डलर खर्च गरेको थियो । भारतले सन् २०१९ मा प्रक्षेपण गरेको चन्द्रयान–२ चन्द्रमामा अवतरण हुन सकेको थिएन । चन्द्रयान–३ अभियानका लागि झन्डै ८ करोड डलर खर्च हुने अनुमान छ ।

    images
    images
    images

    चन्द्रमाको ध्रुवीय क्षेत्र चट्टान र माटोबाट बनेको छ । ल्यान्डरले चन्द्रमामा विभिन्न प्रयोग र परीक्षण गर्ने अपेक्षा गरिएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले बताउनुभएको बीबीसीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रकेट प्रक्षेपण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।