Logo

२०८३, आश्विन ११गते


images
images

बझाङमा बसपार्क शिलान्यास, बझाङ्गी राजपरिवारले दियो नि:शुल्क जग्गा

बझाङमा बसपार्क शिलान्यास, बझाङ्गी राजपरिवारले दियो नि:शुल्क जग्गा

images
  • बझाङमा बसपार्क शिलान्यास, बझाङ्गी राजपरिवारले दियो नि:शुल्क जग्गा
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । बझाङमा बसपार्कको शिलान्यास भएको छ  । बझाङ्गी राजपरिवारले आफ्नो पुर्खाको सम्झनामा २३ रोपनी जमिन निशुल्क दिएपछि शनिबार एक औपचारिक कार्यक्रम गरी सोही जग्गामा बसपार्कको शिलान्यास गरिएको हो।

    images
    images
    images

    जिल्ला समन्वय समिति संयोजक नर बहादुर बोहरा र जयपृथ्वी नगरपालिका मेयर चेतराज बजालद्वारा सयुक्त रुपमा शिलान्यास गरिएको बसपार्क निर्माणका लागि सहरी बिकास तथा भवन निर्माण विभाग अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना डोटीले ५ करोड बजेट विनियोजन गरि ठेक्का गरेको छ।

    images
    images
    images

    बसपार्क निर्माणको काम अगाडि बढेको बसपार्क निर्माण व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बिष्ट बताए। बसपार्कमा पाँच वटा यात्रु प्रतिक्षालय एउटा सटर सहित शौचालय निर्माण गरिने छ। 

    images
    images
    images

    बसपार्कसंगै  बझाङमा तीनवटा योजना पानकोट कैलास सडक र चैनपुर मयाना सडकको सयुक्त बजेट २५ करोड हो। 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।