Logo

२०८३, आश्विन १०गते


images
images

हिमा गाउँपालिकाका तीन गाउँमा एक घर एक धारा

हिमा गाउँपालिकाका तीन गाउँमा एक घर एक धारा

images
  • हिमा गाउँपालिकाका तीन गाउँमा एक घर एक धारा
    images
    images

    जुम्ला । जुम्लाको हिमा गाउँपालिकाको ३ गाउँका सबै घरमा खानेपानीको धारा पुगेको छ । गाउँपालिकाको वडा नम्बर बड्कीका १६१ घरधुरी, ५ वटा कार्यालय गरी १६६ धारा , वडानम्बर ५ बाजगाडमा १३६ घरधुरी र वडानम्बर ६ को डाडाबाडामा ७४ घरधुरीमा खानेपानीको धारा पुर्‍याइएको छ ।

    images
    images
    images

    नेपाल सरकार, हिमा गाउँपालिका, फिनल्याड सरकार, र युरोपियन युनियनको सहयोगमा  सञ्चालन भइरहेको सबैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय आयोजना (सुस्वा) अन्तर्गत तीनै गाउँका सबै घरधुरीमा खानेपानीको पहुँच पुगेको वास संयोजक सुमिता शाहीले जानकारी दिए । 

    images
    images
    images

    बुधबार हिमा गाउँपालिकाको बड्की गाउँमा सबै घरधुरीमा धारा पुगेपछि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, उपाध्यक्ष सुपर्ना शाही, प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढा, स्थानीयवासी, सरोकारवाला निकायको उपस्थितिमा भव्य कार्यक्रम गरी खानेपानीको धारा उद्घाटन गरेका हुन  । 

    images
    images
    images

    बड्की गाउँका सवैघरधुरीमा खानेपानी पुर्‍याउनका लागि स्थानीयको अगुवाईमा बड्क्री खानेपानी तथा सरसफाई आयोजना शुरु गरिएको थियो । जसमा अनुमानित एक करोड १२ लाख ६८ हजार ५९ रुपैयाँमध्ये एक करोड ११ लाख ६६ हजार १९७ रुपैयाँ खर्च भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हिमा गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।