रुपन्देही। रूपन्देहीको देवदह नगरपालिका भित्र मेला महोत्सव लगाउनु अगाडि नगरपालिकाको अनुमति लिनुपर्ने भएको छ ।
पालिकाले आइतबार एक सूचना जारी गर्दै स्थानीय स्तरमा लगाइने बिभिन्न मेला महोत्सवलाई सुरक्षित रुपमा सम्पन्न गर्नका निमित्त मेला महोत्सव लगाउनु अगावै वडा कार्यालयको सिफारिस र नगरपालिकाको अनुमति अनिवार्य रुपमा लिनुपर्ने सूचना जारी गरेको हो।
देवदह नगरपालिका भित्र बिभिन्न संघ तथा संस्थाहरूले वर्षेनी मेला महोत्सव सञ्चालन गर्दै आएका छन्।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology