देवदह। कक्षा ११ र १२ को पठन पाठन दिवा सत्रमा सञ्चालन नगर्ने विद्यालयको अनुमति खारेज गरिने देवदह नगरपालिकाले जनाएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले दिवा सत्रमा सञ्चालन गर्ने निर्देशन कुनै आवेग वा पूर्वाग्रह नभईकन नगरपालिकाको नबौँ नगरसभाको निर्णय तथा २७ असार २०७६ को निर्देशन कार्यान्वयन गरी शिक्षामा देखा परेको बेथितिको अन्त्य गर्दै प्रणालीगत एवम् व्यवस्थापकीय सुधार सहितको गुणस्तरीय शिक्षाको लक्ष्य प्राप्तिको पहलकदमीस्वरूप निर्णय लिएको जनाएको छ ।
साथै सामाजिक सञ्जाल र सञ्चार माध्यममा आईरहेका आरोप प्रत्यारोप तथा टीका टिप्पणी प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । नेपालको संविधानले आधारभूत र माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहमा प्रदान गरेको सन्दर्भमा शिक्षा ऐन २०२८ (संशोधनसहित ) तथा राष्ट्रिय शिक्षा नीति २०७६ मा भएको व्यवस्था एवम् यस नगरपालिकाको नगरसभाको निर्णय कार्यान्वयनका साथै राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले निर्दिष्ट गरेबमोजिम पुरा समय पढ्न पाउने बालबालिकाको अधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व भएकोले नगरपालिकाले सो निर्णय गरेको जनाएको छ ।
पालिकाले विद्यालयलाई लामो समयसम्म पनि उस्तै बहानामा शिक्षा ऐन र राष्ट्रिय शिक्षा नीति तथा स्थानीय सरकारको निर्णय र निर्देशन कार्यान्वयन नगर्ने विद्यालयहरूको गैरजिम्मेवारीपना सिवाय केही नभएको प्रष्टै देखिएको भन्दै विद्यालय तहको शिक्षालाई दुई सत्रमा विभाजन गरि शिक्षक तथा विद्यालय कर्मचारीहरूले दोहोरो सुविधा लिने, पूर्णकालिक शिक्षकको व्यवस्था नगरी सेवामूलक क्षेत्रलाई आयमूलक क्षेत्रको रुपमा परिणत गर्न खोज्ने, यथास्थितिमै रम्न खोज्ने र तथ्यलाई बङ्ग्याएर आम नागरिकलाई दिग्भ्रमित गर्न खोजेको आरोप लगाएको छ ।
‘सरोकारवालाहरूसँग औपचारिक र अनौपचारिक छलफलको क्रममा कक्षा ११ र १२ पूर्ण रुपमा दिवा सत्रमा सञ्चालन गर्ने सम्बन्धमा विद्यालयहरूबाट थप समय माग भएकोमा २०८० श्रावण मसान्त सम्मको समयावधि प्रदान गरिएको छ । तत्पश्चात पनि निर्णय कार्यान्वयन नगरेको पाईएमा तत् तत् विद्यालयको कक्षा ११ र १२ सञ्चालन गर्न प्रदान गरिएको अनुमति रद्द गरिने व्यहोरा अनुरोध छ’ । विज्ञप्तिमा भनिएको छ नगरपालिका आफ्नो निर्णय कार्यान्वयनमा प्रतिवद्ध रहेकोले यस सम्बन्धमा कुनै प्रकारका अनावश्यक प्रयास नगर्न र विद्यार्थी तथा अभिभावकलाई प्रलोभन वा आश्वासन नदिन सम्बन्धित विद्यालयहरू र सचेत रहन अभिभावकहरुमा अनुरोध छ ।
विज्ञप्ति...

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology